News Category 2081/04/24
शल्यक्रिया कै क्रममा जलेर घाइते भएका महतोद्वारा क्षतिपूर्ती माग

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
उपचारका क्रममा विद्युत प्रवाहमा अचानक आएको गडबडीले शल्यक्रिया कक्ष मै करेन्ट लागेर शरीरका विभिन्न भाग जलेर घाइते भएका एक युवकले क्षतिपूर्तको माग गरेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा टोल वस्ने २४ वर्षिय रामबाबु महतो यस्तो माग गरेका हुन् । उनी ४ महिना अघि फिस्टुला रोगको उपचार गराउन सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
शल्यक्रिया गराउने क्रममा चिकित्सकको लापरवाहीले घुँडा र तिघ्रामा करेन्ट लागेर घाउँ नै घाउँ भएको बताउने महतोले आफ्नो उपचार तथा क्षतिपुर्तीको व्यवस्थाका साथै घट्नाको अनुसन्धान गर्न समेत माँग समेत गर्दै आएका छन ।
उनले आप्mनो उपचारमा लापारवाही गर्ने चिकित्सक डा.नागेन्द्र प्रसाद यादव अहिले सरुवा भई राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल आईपुगेकाले न्याय खोज्दै राजविराज आएको बताए । आफ्नो् शल्यक्रिया गर्ने डाक्टर हाल गजेन्द्र नारायण सिह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भइ आएको थाहा पाएपछी न्यायका लागी यहाँ सम्म आइपुगेको उनले बताए ।
घट्नाका बेला डा.यादव भने सिरहास्थित प्रादेशिक अस्पतालमा कार्यरत थिए । त्यती बेला उपचार गराउँदा डा.यादवले शल्यक्रिया गरेर फिस्टुलाको उपचार गर्नू पर्छ भन्ने सल्लाह दिएपछी आपूmले उनै सित शल्यक्रिया गराएको उनको भनाई छ ।
शल्यक्रिया गर्ने क्रममा प्रयोग गरिएका विद्युतीय उपकरणबाट अचानक आफ्नो घुँडा र तिघ्रामा करेन्ट लागेर नराम्ररी जलि घाउ भएको र अहिले सम्म निको नहुँदा हिडडुल गर्न समेत समस्या भएको उनले बताए । लापरवाही गर्ने डाक्टर बिरुद्ध सिरहा जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाको न्यायिक समितीमा उजुरी दिएपनि अहिले सम्म न्याय पाउन नसकेको उनको गुनासो छ ।
खुट्टाको विभिन्न भाग जलेपछी हिडडुल गर्न समस्या तथा बाहिर कतै गएर काम गर्न असमर्थ भएपछी परिवारको खर्च धान्न समेत समस्या भएको पीडित महतोले बताए ।
यता महतोले न्याय पाउनु पर्छ भनि प्रदेशसभामा पनि यो विषयले प्रवेश पाएको छ । सप्तरीबाट प्रदेश साँसद रहेकी किरण कुमारी साहले बुधवार घट्नाको अनुसन्धान, पीडित महतोको उपचारको व्यवस्था, क्षतिपुर्ती र परिवारको भरण पोषणको मागँ गर्दै प्रदेश सभाकमा सरकारको ध्यानाकर्षण गराएकी छिन । उनले चिकित्सकको लापरवाहीले बिरामी थप पीडित बनेको तथा आर्थिक, मानसिक र शारिरीक पीडा भोग्न बाध्य भएको भन्दै अस्पताल प्रशासन, सम्बन्धित चिकित्सक तथा प्रदेश सरकार सबै मिलेर महतोलाई सहयोग गर्नु पर्ने आवश्यक्ता औल्याए ।
यता हाल गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख रहेका डा.यादवले शल्यक्रिया गर्ने क्रममा एक्कासी विद्युतीय उपकरणमा हाइभोल्टेज आएका कारण महतोको तिघ्रा र घुँडा जल्न गएको बताएका छन् । “कुनै लापरवाही गरिएको छैन, डा.यादवले भने–फिस्टुलाको अप्रेशन गर्ने क्रममा कटरी मेशीन (शल्यक्रियामा प्रयोग हुने उपकरण) विद्युतबाट चलाई रहेका बेला अचानक हाईभोल्टेज प्रवाह भई महतोको घुँडा र तिघ्राको केही भाग जल्न गएको हो ।”
सिरहामा हुदा सम्म मैले उनको निःशुल्क रुपमै सकेसम्म उपचारको प्रयास गरेको थिए र अहिले राजविराजमा आइपुग्दा पनि उनको निःशुल्क उपचार गर्न तयार छुँ, उनले भने । उनले महतोको घाउको नियमित ड्रेसिङ गर्नू पर्ने देखिएकाले थप समस्या बढ्नु अगावै सम्पर्कमा आउन आग्रह समेत गरेका छन । पीडित महतोले भने क्षतिपुर्ती लिई आपूm अन्यत्रै उपचार गराउने अडान लिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ