News Category 2081/04/28
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।
सप्तरीमा १४ हजार विरुवा रोपेर सोमबार २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईएको छ ।
सबल नेपाल, सप्तरी युथ नेपाल एवं सप्तरी क्रिकेट संघले सप्तरीले जिल्लाभरीमा उक्त संख्यामा बिरुवा रोपेको हो ।
एक कार्यक्रमको आयोजना गरी राजविराजस्थित पव्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणमा संघिय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह एवं संघिय खानेपानी तथा सरसफाइ मन्त्री प्रदिप यादवले संयुक्त रुपमा विरुवा रोपेर अभियानको उदघाटन गरे ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी मेखराज मग्राति, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, खानेपानी संस्थान कार्यालयका कार्यालय प्रमुख राजाराम यादव, सरसफाइ अभियनता धिरेन्द्र साह, सबल नेपालका परमेश्वर झा, शुभ नारायण भिण्डवार, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुला माझि, सदस्य अनवर अली एवं सप्तरी युथ नेपालका मोहन यादव, विष्णु यादव लगायतका सहभागिता रहेको थियो । यस संगै राजविराजको राजदेवि माध्यमिक विद्यालय, केअ माध्यमिक विद्यालय, वस पार्क लगायतको स्थानमा समेत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।
सप्तरी क्रिकेट संघले गत वैशाखमा आयोजना गरेको सप्तरी प्रिमियर लिग छैठो संस्करणको क्रिकेट प्रतियोगिता अन्र्तगत खेलाडीले हान्ने हरेक छक्कामा ५० वटा रुख रोप्ने घोषणा सबल नेपाल, सप्तरी युथ नेपाल र सप्तरी क्रिकेट संघद्धारा संयुक्त रुपमा घोषणा गरिएको थियो ।
यसै गरी युवा दिवसको अवसरमा सबल नेपालले सप्तरी जिल्लाको १८ वटै पालिकामा युएसएआइडि सिएसएम परियोजना अन्तर्गत गठन गरिएको युवा सञ्जालको नेतृत्वमा १८ वटै पालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
जस अन्र्तगत तिलाठि कोईलाडि गाँउपालिका अध्यक्ष अरुण मण्डलको सहभागितामा विभिन्न स्थानमा ३ सय ५० विरुवा, सप्तकोशि नगरपालिकाका नगरप्रमुख कृष्ण ढकालको सहभागिता तथा उपस्थितिमा ५ सय थान बिरुवा, सुरुङ्गा नगरपालिका वडा नं ३ मा वडा सचिव राजु वस्नेतको सहभागितामा ३ सय विरुवा तथा खडक नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको सहभागितामा २ सय ५० विरुवा रोपिनुको साथै अन्तरकृयात्मक कार्यक्रम समेत गरिएको छ ।
यसै गरी अन्य गाँउपालिका तथा नगरपालिकामा स्थानीय युवा सञ्जाल, क्लब, स्थानीय प्रशासन, स्थानीय युवा, महिला, वालकल्व लगायतको सक्रिय सहभागितामा विभिन्न स्थानहरुमा वृक्षारोपण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ