News Category 2081/04/29
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानका लागि आग्रह

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीका पत्रकारहरुमाथी राजगढ गाउँपालिकामा भएको दुव्र्यवहार घटनाप्रति जिल्लाका चार पत्रकार संघ संगठनहरुले वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेको छ ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल र प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष बिन्दु यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो ।
जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको नेतृत्वमा दुवै पक्षलाई वार्तामा बस्न र हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती हुने गरी समस्याको समाधान खोज्न आग्रह गर्दछौं ।”
विज्ञप्तिमा “कानूनले पनि सामाजिक न्यायलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको हाम्रो देश र समाजको परिवेशमा सामाजिक न्याय मै जानु उत्तम रहने भएको महसुश गरी वार्ता र सम्वादको माध्यमले हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती गराउन सरोकारवाला सबै पक्षमा यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।” उल्लेख छ ।
गत साउन २२ गते राजगढ गाउँपालिका सप्तरीमा समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन कुमार गुप्ता र सदस्य विद्यानन्द राम संग त्यस गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मंडल सहित ६ जनाले गरेको दुव्र्यहारप्रति विज्ञप्तिमार्फत पुनः खेद व्यक्त समेत गरिएको छ ।
यसअघि गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकार साथीहरुसंग अप्रत्यासित रुपमा भएको घट्नाप्रति दुःख व्यक्त गर्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह सहितको प्रेस विज्ञप्ति जारी गरेको साथै जिल्ला समन्वय समिति सप्तरीले पनि राजगढ गाउँपालिकामा पत्रकारहरुसंग भएको दुःखद घट्ना प्रति दुःख व्यक्त गर्दै वार्ता र सम्वादको माध्यमबाट निकास खोज्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ