News Category 2081/04/29
ट्रक दुर्घटनामा चालकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथमा मंगलबार बिहान एक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ बस्ने २५ वर्षिय सबिन राई छन् ।
वडा नं. ५ स्थित सो राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश–०३–००१ख८१८१ नं. को क्लिङकर लोड गरेको ट्रक पुलबाट तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
क्रेन र जेसिबिको मद्दतले पल्टिएको ट्रकलाई सोझो पारी थिचिएका चालकको शव निकालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाने बताए । ट्रक के कारणले दुर्घटना भयो, यकिन नभएपनि बिहानको समयमा चालक निदाएको हुन सक्ने र अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।
मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाई दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ