News Category 2081/04/30
छिन्नमस्ता मन्दिर समिति विघटन
दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको संरक्षण सम्वद्र्धन समिति अर्को व्यवस्था नहुन्जेल सम्मका लागि विघटन गरिएको छ ।
अर्को नयाँ विधान दर्ता भई कार्यान्वयन नहुन्जेलसम्मका लागि मन्दिरको दैनिक कार्य संचालन तथा पूजापाठ व्यवस्थापनका लागि गुठियार अविनाश कुमार प्याकुरेल, मन्दिरका पीठाधीश महाकान्त ठाकुर, मूलपूजारी भुवन ठाकुरसहित सम्पूर्ण पुजारीहरु मिलि गर्ने निर्णय समेत गरिएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा परिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, वडा नं. ३ का अध्यक्ष बिजयकुमार यादव, गाउँपालिकाका सल्लाहकार तेजनारायण यादव, पीठाधीश ठाकुर, समितिका सचिव वावुनारायण मण्डल लगायतको उपस्थिति रहेको थियो ।
यसअघि साउन २४ गते मन्दिरका पिठाधीश महाकान्त ठाकुर तथा मन्दिर संरक्षण सम्बद्र्धन समितिका सचिव बाबु नारायण मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर समितीको नियमित कामकाजमा अनावश्यक हस्तक्षेप हुन थालेको गुनासो गरेका थिए ।
विज्ञप्तिमा केही ब्यक्तिहरुले विभिन्न गुट, उपगुट बनाई पुजारी तथा समितिका पदाधीकारीहरुमाथी अनावश्यक दवाव दिने, निर्णयहरुमा हस्तक्षेप गर्ने, अमर्यादित ब्यवहार गर्ने र धाकधम्की समेत दिएर तर्साउन खोज्ने लगायतका गतिवीधी हुन थालेको जनाइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ