News Category 2081/04/30
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित

दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनीधी तथा गाउँवासीले बहुमत नपु¥याई गरिएको गाउँसभा रद्धसहित विभिन्न ८ बुंदे माग अघि सार्दै शुरु गरेको आन्दोलन कार्यक्रम अन्तर्गत बुधबार गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएका छन् ।
कार्यालय खुल्ना साथ उनीहरु कार्यालय भवनको मुल गेटमै धर्ना बसेका हुन् । गेटमै धर्ना बसेका कारण कर्मचारीहरु समेत कार्यालयमा छिर्न पाएनन् । जसले गर्दा बुधबार कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।
क्यान्सर रोगले पीडित विरामी सोही गाउँपालिका वडा नं. ५ का अध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा पुगेको अन्य जनप्रतिनीधी तथा गाउँवासी सो धर्नामा बसेका छन् ।
साउन २२ गते आन्दोलन कार्यक्रम सहितको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डललाई बुझाउने क्रममा समाचार संकलन गर्न गएका पत्रकारहरुलाई गाउँपालिकाका अध्यक्ष मण्डलले दुव्र्यवहार गरेको घटनाप्रति धर्नामा बसेका उनीहरुले दुःख व्यक्त गर्दै आन्दोलनको कार्यक्रम सुरु गरेका थिए ।
यसअघि विधि विधान मिचेर गरिएको गाउँसभा रद्द गरि पुनः नयाँ मिति तोकेर अर्को गाउँसभा गर्न माग गर्दै पालिका अध्यक्ष मण्डललाई गत मंगलबार उनीहरुले ज्ञापनपत्र समेत बुझाएका थिए ।
त्यसअघि सदरमुकाम राजविराजमा पनि प्रर्दशन गर्दै स्थानीय प्रहरी प्रशासन प्रमुखलाई गाउँपालिकामा ऐन कानुन मिचेर गरिएको गाउँसभा बदरका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
आन्दोलनका कार्यक्रम अनुसार भदौं साउन ३० देखी भदौं १ सम्म कार्यालय समयसम्म धर्ना, भदौं २ गते पालिकामा तालाबन्दी तथा भदौं ५ गतेदेखी लगातार नाराजुलुस र प्रदर्शनको कार्यक्रम गरिने रहेको छ ।
आन्दोलनरत पक्षधरले गत साउन १० गते सम्पन्न पालिकाको १३ औं गाउँसभा ऐन कानुन विपरित भएको दाबीसहित उक्त गाँउसभाबाट पारित निर्णयहरु यथास्थितीमा राखी गाउँसभा बदर तथा अर्काे नयाँ मिति तोकेर पुनः गाउँसभा गर्नू पर्ने प्रमुख माग अघि सारेका छन् ।
त्यसैगरि गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को दफा ६५ र दफा ६७ बमोजिम समितिबाट निर्णय नै नगराई मनपरी र एक पक्षिय ढंगले गाउँसभा गरेकाले सो बदर नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
गाउँसभामा कुल ३४ जना कार्यपालिका सदस्य रहेकोमा १ जनाको निधन भई हाल ३३ जना सदस्य कायम छन । जस मध्ये १७ जनाले गत साउन १० गते सम्पन्न गाउँसभालाई अवैधानिक भन्दै ज्ञापनपत्रमा हस्ताक्षर गरी अर्काे गाउँसभा गर्नु पर्ने माग गरेका छन ।
पालिकाको ०७९÷०८० र ०८०÷०८१ को आय–ब्यय तथा लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पालिकामा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, पालिकाकाको आफ्नै एउटा स्कारपियो हुदा हुदै थप २ वटा स्कारपियो गाडी भाडामा लिनुको कारण खुलाउनु पर्ने तथा करार पदमा नियुक्त भएका स्वयसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीहरुले लामो समय देखी नपाएको तलब सुविधा यथासिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग पनि उनीहरुले अघि सारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ