News Category 2081/05/01
दुई वर्षमा पनि बनेन् राजविराज–छिन्नमस्ता सडक

दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
धार्मिकस्थलका रुपमा रहेको सप्तरीको छिन्नमस्ता भगवति मन्दिरसम्म पुग्ने बाटो दुई वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको छ । जसकरण सडक भत्केर लथालिङ्ग छ ।
मर्मत तथा पुर्ननिर्माणप्रति देखिएको उदासिनताका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ भने उक्त सडकखण्डमा दिनहूँ जसो दुर्घटना हुदै आएको छ ।
भारतीय दर्शनार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता भगवती मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि बाटोको कारणले सास्ती खेप्नु परेको छ ।
ठाउँ ठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछी थप समस्या भएको यात्रुहरुको गुनासो छ । अर्काे तर्फ सवारी साधनबाट यात्रु ओराल्दै चढाउदै लैजानु परेको टेम्पो व्यवसायी सत्यनारायण चौधरी बताउँछन ।
कुनै बेला पनि दुर्घटना हुन सक्ने भएका कारण जोखिम मोलेर सवारी साधन चलाउनु परेको उनको कथन छ । पहिला वस सेवा संचालन रहेको भएपनि बाटो विग्रेका कारण अहिले बस संचालन बन्द रहेको छ ।
अटोरिक्सा र सिटी रिक्साका भरमा यात्रा गर्दा पनि अत्यन्त सकस हुने गरेको दर्शनार्थीहरु बताउँछन । बाटो बिग्रेका कारण १० किलोमिटर यात्रा तय गर्न १ घण्टा भन्दा बढी लाग्ने गरेको उनीहरुको भनाई छ ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी सहितको एक टोली सडक मर्मतको माग गर्दै लहानस्थित सडक डिभिजन कार्यालयमा गत असार ३० गते धर्ना समेत बसिसकेका छन ।
दशै नजिकीदै गएको बेला छिन्नमस्ता दर्शन आउने दर्शनार्थीहरुले सास्ती भोग्नु नपरोस भनेर छिट्टै सडक मर्मतका लागी केन्द्र समक्ष ध्यानाकर्षण गराउँदा समेत अहिलेसम्म संतोषजनक काम अघि नबढेको उनले गुनासो गरेका छन ।
सम्बन्धित निकायको कमजोरीका कारण सडक यस्तो अवस्थामा पुगेको आरोप लगाउदै स्थानीयले अबिलम्ब उक्त सडक खण्डको स्तरोन्नती गर्न मागँ गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ