News Category 2081/05/04
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय

दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
राजविराज हटिया–गुद्रि ठेक्का सम्बन्धमा मंगलबार भएको चर्को बिरोधपछि राजविराज नगरपालिकाले रद्द गर्दै खुल्ला डाक बढाबढबाट ठेक्का लगाइने भएको छ ।
दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेर ठेक्का लगाउन खोजिएको भन्दै उक्त कदमको चर्को बिरोध भएको हो ।
राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा मंगलबार चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय पुगेको एक समूहले विगत भन्दा कम दरमा तथा आफन्तलाई ठेक्का दिन खोजेको भन्दै चर्को बिरोध जनाएपछि कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, योजना शाखाका अधिकृत मनोज यादवलगायतको सहमतिमा डाक बढाबढ प्रक्रियाबाट ठेक्का लगाउने निर्णय भएको जनाइएको छ ।
खुल्ला रुपमा डाक बढाबढ प्रक्रिया बुधबार गरिने तयारी भएको र यस बारे विभिन्न प्रचार माध्यमबाट सबैमा जानकारी पु¥याउने प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।
उक्त ठेक्काका लागि यसअघि नगरपालिकाले दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेको थियो । गत आ.ब. २०८०÷८१ मा ६७ लाखमा लागेको उक्त ठेक्का यस पल्ट कम दर रेटमा आफन्तलाई दिन खोजिएको र यसबाट नगरपालिकालाई आर्थिक रुपमा घाटा हुने भन्दै हाल निलम्बित अवस्थामा रहेको मेयर यादवसहितको टोलीले नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि तथा अधिकारी समक्ष आक्रोसित हुँदै बिरोध जनाएपछि नगरपालिकाले पुरानो निर्णय सच्याउँदै खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ