News Category 2081/05/05
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ स्थित रुपनी युवा आदर्श क्लबको जग्गामा विवाद सिर्जना भएको छ ।
क्लबको जग्गा सोही गाउँपालिका वडा नं १ का भोगेन्द्र यादवले अनाधिकृत रुपमा कब्जा गरी भवन समेत भत्काउन थालेपछि गाउँपालिकाले हस्तक्षेप गर्दा विवाद सृजना भएको हो ।
बि.स.२०३२ सालमा रुपनी बजारको स्थापनाका लागि विभिन्न जग्गाधनीहरुलाई जग्गा वापत मुआब्जा दिएर बजारको स्थापना गरिएको र सोही क्रममा रुपनी गाउँपालिका भवनदेखि दक्षिण, नेपाल टेलिकमको दक्षिण–पुर्वको कुनाको जग्गा रुपनी युवा क्लबको नाममा कायम भएको तर, हाल अनाधिकृत रुपमा व्यक्तिले कब्जा गर्दा हस्तक्षेप गर्नु परेको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
रुपनी बजार बसाउने बेलामा तत्कालिन जग्गाधनी पद्म शमसेरले क्लबको नाममा जग्गा दिने प्रतिवद्धता जनाएको र उनका छोरा रणशमसेर थापाले पनि क्लबकै नाममा जग्गा दिने कुरामा प्रतिवद्ध रहेको बेला तीन बर्ष अघि रुपनीका २१ जनाले साविक देखि भोग चलन गर्दै आएका जग्गा थापाबाट आफ्नो नाममा पास गराउने बेलामा स्थानिय भोगेन्द्र यादवले सार्वजनिक उपभोगमा रहेको क्लबका जग्गा पनि झुक्याएर आफ्नो नाममा पास गराएको अध्यक्ष यादवको भनाई छ ।
क्लबको सो जग्गामा बि.स.२०५५ सालमा करिव १२ लाखको लागतमा भवन निर्माण गरिएको र अहिले आएर भोगेन्द्र यादवले क्लबको घर भत्काउन लाग्दा आवश्यक कारवाही तथा भवन तोडफोड रोक्काका लागि भदौ ३ गते जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार समेत गरिएको उनले जानकारी दिए ।
‘रुपनी गाउँपालिकाद्वारा जारी गरिएको नाप नक्सा अनुसार नक्शा नम्बर ३५ को लम्बाई ५ दश्मलब ६ मिटर र चौडाई ५ मिटर रहेका पक्की भवन रुपनी युवा आदर्श क्लबको भोग चलनमा रहेको उल्लेखित भएको हुँदा सो जग्गा र सार्वजनिक भवन रुपनी गाउँपालिका वडा नम्बर १ बस्ने भोगेन्द्र यादवले अनाधिकृत रुपमा कब्जा गरी उक्त भवन तोडफोड गरिरहेको हुँदा उक्त सार्वजनिक भवनको तोडफोड गर्ने कार्य रोक्का गरी निज व्यक्तिलाई आवश्यक कानुन बमोजिमको कारवाही गरी क्षतिपुर्ती समेत भराई दिनुहुन अनरोध छ’गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ।
यता भोगेन्द्र यादवले भने सो जग्गा सार्वजनिक नभई आफ्नो निजी भएको बताएका छन् । २० औं बर्ष देखि आफ्नो भोग चलनमा रहेको र रु १० लाख तिरेर जग्गा धनीबाट पास गराएको प्रतिक्रिया दिएका छन् । ‘त्यो क्लव नभई मेरो घर हो र मैले आफ्नो सम्पतिलाई संरक्षण गर्न लाग्दा गाउँपालिकाले अनावश्यक रुपमा हस्तक्षेप गरी जग्गा रोक्का गराएको छ’ यादवले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ