News Category 2081/05/05
सडक मर्मतको माग गर्दै सडकमै धर्ना बसे गाउँपालिका अध्यक्ष
दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
राजविराज–छिन्नमस्ता सडक खण्डको मर्मत कार्य यथासिघ्र सम्पन्न गर्न माग गर्दै बुधबार छिन्नमस्ता गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरु सडकमै धर्ना बसेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ६ कोचाबखारी सडक खण्डमा बिहान १० बजेदेखी १२ बजेसम्म बीच सडकमै उनीहरु धर्ना बसेका हुन् ।
“छिन्नमस्ता मन्दिर सम्म जाने मूल सडकको विषयमा मेयरसँग संवाद कार्यक्रम”को आयोजना गरी दुई घण्टा बीच सडकमै धर्ना दिनुका साथै बहस समेत चलाइएको थियो ।
धर्नामा गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्वमन्त्री उमेशकुमार यादव, वडाअध्यक्ष, सवारीचालकका साथै भक्तजन र स्थानीयवासी समेत सहभागि थिए ।
मुलुककै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिर पुग्ने बाटो विगत दुई वर्षदेखी ठाउँ ठाउँमा भत्किएर लथालिङ छ । भारतीय दर्शानार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि जीर्ण बाटोका कारण यात्रुले सास्ती खेप्नु परिहेको छ ।
राजविराजबाट १० किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता मन्दिरसम्म पुग्ने बाटो ठाउँ ठाउँमा खाल्डा खुल्डीका कारण पानी जमेर पोखरी बनेपछि थप समस्या भएको स्थानीयहरुको भनाई छ ।
बाटो बिग्रेका कारण १० किलोमिटरको यात्रा तय गर्न डेढ घण्टा लाग्ने गरेको छ । बाटो ठिक रहँदा ३० रुँपैया भाडा लाग्ने ठाउँमा अहिले ७० रुँपैया तिरेर यात्रा र सास्ती खेप्नु परेको भन्दै स्थानीयले अविलम्ब उक्त जीर्ण सडक मर्मत सम्भार गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उक्त सडक मर्मतको माग गर्दै आफूहरु गत असार ३० गते सडक डिभिजन कार्यालय लहानमा धर्ना तथा काठमाडौं पुगेर मन्त्रीदेखी प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही नपाइएको सुनाए ।
हिन्दुहरुको महान चाड वडा दशैं आउन झण्डै डेढ महिना बाँकी रहँदा समेत बाटो जीर्ण छन् । दशैंमा छिन्नमस्ता मन्दिरमा ठूलो भिड लाग्ने गर्दछ । यस अवस्थामा मन्दिर आवतजावत गर्ने एक मात्र यही मार्ग रहेकोले सडक निर्माण कार्य जतिसक्दो चाडो सम्पन्न गराउनेतर्फ स्थानीयहरुको माग समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ