News Category 2081/05/06
तीन व्यवसायी कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
संयुक्त बजार अनुगमन टोलीले विहीवार राजविराजका तीन व्यवसायीलाई कारवाही गरेको छ ।
राजविराज ७ स्थित हाटबजारका पसलहरुमा अनुगमन गर्दै खाद्य, चिसो पेय, श्रृगांर समाग्री, किराना लगातयका एक दर्जन भन्दा बढी पसलमा अनुगमन गरेको थियो ।
चाडपर्व नजिकिएका बेला बजारमा म्याद गुज्रेका, अखाद्य बस्तु विक्री हुने गरेको तथा उपभोग्य समाग्रीको मनपरी मुल्य कायम गरिएको गुनासो बढेपछी सो अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलमा रहेको सरसमानको भन्सार काटेको रसिद तथा आवश्यक विलविजक देखाउन नसकेको वालइमरान जेनरल स्टोर्सलाई अनुगमन टोली १० हजार रुपैया जरिवाना गरेको छ ।
यस्तै म्याद गुज्रेको समान फेला परेको आयुष किराना पसललाई ५ हजार रुपैया जरिवाना गरिएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र प्रसाद यादवले बताए ।
यस्तै म्याद गुज्रेका करिब एक हजार मुल्य बराबरको चिसो पेय पर्दाथ गुणानन्द किराना पसलबाट जफत गरी नष्ट गरिएको छ ।
अनुगमनका क्रममा अधिकाँश पसलमा मुल्य तथा भाउमा एकरुपता नभएको, लेवल नभएको, क्रेतालाई विलविजक नदिएको लगायतका समस्या देखिएको राष्ट्रिय उपभोक्ता मञ्च मधेश प्रदेशका उपाध्यक्ष गुप्ताले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादवको नेतृत्वको टोलीमा घरेलु तथा साना उधोग कार्यालयका प्रतिनीधी विरेन्द्र साह, उधोग बाणिज्य संघका प्रतिनीधी कमल प्रसाद साह, राष्ट्रिय उपभोक्ता मञ्च मधेश प्रदेशका उपाध्यक्ष राजकुमार गुप्ता, खाद्य निरीक्षक राजीव बुढाथोकी, प्रहरी निरीक्षक संतोष रसाईली, राजविराज भन्सार कार्यालयका अधिकृत सत्य नारायण सिह, करदाता सेवा कार्यालयका प्रतिनीधी डिल्ली रमण भण्डारी, खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख विक्रम लिम्बु लगायत सहभागी थिए ।
अनुगमनबाट पसल दर्ता नगरी गैर कानुनीरुपमा संचालन गरिएका पसल, नवीकरण नगराएका पसल लगायतका पसलका संचालकहरुलाई कानुनी व्यवस्था अनुसार प्रक्रियामा आउन सचेत समेत गराइएको टोलीले जनाएको छ ।
अनुगमन टोली आएको सँुइको पाएपछी कतिपय व्यापारी पसल बन्द गरेर हिडेका थिए । टोलीले अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ