News Category 2081/05/09
तालिम केन्द्रले रक्तदान गरी मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरको सम्पर्क कार्यालयले आइतबार रक्तदान कार्यक्रम गरेको छ ।
चाडपर्व र मौसम परिवर्तनको समयमा अस्पतालमा विरामीको संख्या बृद्धि भई रगतको अभाव भएको जानकारी आएपछी छैठौं वार्षिकोत्वस रक्तदान कार्यक्रम गरी मनाइएको केन्द्रले जनाएको छ ।
प्रहरी बरिष्ठ उपरिक्षक गोपाल चन्द्र भट्टराईले रक्तदान जीवनदान भएकाले केन्द्रले आफ्नो वार्षिकोत्वसमा रक्तदान कार्यक्रम रोजेको बताए । उनले रगतको अभावले सुत्केरी महिला र अन्य विरामीले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा रक्तदाता उत्प्रेरणाका लागी पनि रक्तदान कार्यक्रम गर्ने निर्णय भएको जनाए ।
केन्द्रको परिसरमा रुपनी स्थित मधेश प्रदेश प्रहरी अस्पतालका प्रहरी अधिकृत डा. रोशन कुमार मिश्र तथा स्थानीय रक्तसंचार सेवा केन्द्रका इन्र्चाज नवीन झाको प्राविधीक सहयोगमा रगत संकलन गर्ने कार्य गरिएको थियो ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरिक्षक गोपाल चन्द्र भट्टराई सहित २१ जना प्रहरी कर्मचारीले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा प्रहरी मानबहादुर कार्की, संगिता विष्ट अनमोल खडका, अशोक साह, घनश्याम यादव, राकेश चौधरी, सुनिल कुर्मी, अञ्जली कठैत छन ।
यस्तै राजकुमार महतो, उत्तम कटवाल, अशोक कानु, तेजनारायण मण्डल, गायत्री दाहाल, राकेश राई, राजेन्द्र खडका, लिलाकान्त कोइराला, गोविन्द कटवाल लगायतले पनि रक्तदान गरेका छन । रक्तदान गर्ने मध्ये मानबहादुर कार्की र संगिता विष्ट पति पत्नी हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ