News Category 2081/05/09
लोसपाले मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले आइतबार पार्टीको तेश्रो वार्षिकोत्सव मनाएको छ ।
पार्टी स्थापना भएको तेश्रो वर्षको अवसरमा राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा पार्टीका केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान राजनीतिक परिवेशमा पार्टीको भूमिका बारे चर्चा गरेका थिए ।
पार्टीका जिल्ला सचिव बिजय कुमार रायद्वारा संचालित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, पूर्व राज्यमन्त्रि चन्द्रकान्त चौधरी, सहमहासचिव कुवँरनाथ मिश्र, केन्द्रिय सदस्य दिनेश कुमार यादव, शम्भु यादव, उपेन्द्र साह, जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादव, प्रदेश सदस्य योगेन्द्र खेरवार, मानती सदा, जिल्ला सहसचिव जयनारायण यादव, कोषाध्यक्ष मनोज झा, रुपनी गाउँपालिका संयोजक पिताम्बर यादव लगायतले समेत तेश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रममा राजविराजकी सुनिता दासले लोसपाको सदस्यता लिएकी छिन् । उनलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले फुलमाला लगाई पार्टीका स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ