News Category 2081/05/09
लोसपाले मनायो वार्षिकोत्सव
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले आइतबार पार्टीको तेश्रो वार्षिकोत्सव मनाएको छ ।
पार्टी स्थापना भएको तेश्रो वर्षको अवसरमा राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा पार्टीका केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान राजनीतिक परिवेशमा पार्टीको भूमिका बारे चर्चा गरेका थिए ।
पार्टीका जिल्ला सचिव बिजय कुमार रायद्वारा संचालित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, पूर्व राज्यमन्त्रि चन्द्रकान्त चौधरी, सहमहासचिव कुवँरनाथ मिश्र, केन्द्रिय सदस्य दिनेश कुमार यादव, शम्भु यादव, उपेन्द्र साह, जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादव, प्रदेश सदस्य योगेन्द्र खेरवार, मानती सदा, जिल्ला सहसचिव जयनारायण यादव, कोषाध्यक्ष मनोज झा, रुपनी गाउँपालिका संयोजक पिताम्बर यादव लगायतले समेत तेश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रममा राजविराजकी सुनिता दासले लोसपाको सदस्यता लिएकी छिन् । उनलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले फुलमाला लगाई पार्टीका स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ