News Category 2081/05/09
बाबाधाम गएका एक बृद्ध सम्पर्कबिहीन, अर्का युवक फेला परे
दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
भारतको झारखण्ड राज्यस्थित देवघर (बाबाधाम) जल अर्पणका लागी गएका एक ब्यक्ती १० दिन पछी सम्र्पकमा आए लगतै सप्तरीका अर्का तीर्थयात्री वेपत्ता भएका छन ।
पछिल्लो पटक विगत ८ दिनदेखी बोदेबसाईन नगरपालिका ३ कुश्महार टोलका ६२ वर्षिय मिश्री लाल मण्डल सम्पर्क विहिन भएका हुन । मण्डल भदौ २ गतेदेखि आफन्त तथा गाउँका अन्य भक्तजनसँग रेल चढी देवघरका लागी प्रस्थान गरेका थिए । बाबाधाम मन्दिरमा जल चढाएर घर फर्किने तयारी भइरहेका बेला अचानक उनी सम्पर्क विहिन भएको संगै गएका उनका ज्वाई देवकान्त मण्डलले बताए ।
आईतवार घर फर्केका परिवारजनले मण्डलको हुलिया विवरण सहितको निवेदन भारतीय प्रहरीलाई उपलब्ध गराइ खोज तलासका लागी सहयोग मागेको जनाएका छन ।
यस अघि सप्तरी कै राजगढ गाउँपालिका ३ पुरवारी टोलका ५३ वर्षिय राम विलास यादव बाबाधाममा हराएका थिए । साउन ३१ गते बाबाधाममा जल चढाए लगतैसंगै गएका साथीहरु संग सम्र्पकविहिन भएका यादव १० दिन पछि अघिल्लो दिन शनीवार साँझ भारत विहार राज्यको दरभंगा रेल्वे स्टेशनमा फेला परेको थियो । भारतीय प्रहरी र स्थानीयवासीको सहयोगमा उदार गरी उनलाई घर ल्याइएको परिवारजनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ