News Category 2081/05/13
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज पलार क्षेत्रमा बुधबार मध्यराती चोरी शिकारीमा नेपाल प्रहरीका पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सइसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राती २ बजेतिर कोशी ब्यारेज पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर फर्किदै गर्दा हतियारसहित ती १० जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका २ का ६१ वर्षिय ज्ञान बिक्रम शाह, पूर्वउपसभामुख सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका जोगिनियाँ निवासी गंगाप्रसाद यादवका ४० वर्षिय छोरा आकाश यादव, नेपाल प्रहरीका बहालवाला सई बिराटनगर उपमहानगरपालिका ३ निवासी ३९ वर्षिय संजय न्यौपाने छन् । सई न्यौपाने हाल मधेश प्रदेशको बर्दिवास प्रहरी कार्यालयमा कार्यरत छन् ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका जनार्दन राउत, ओमशंकर प्रसैला, लक्ष्मण मंडल, शंकर खिडहरी यादव, तिरहुत गाउँपालिकाका लक्ष्मी मंडल, राजविराज नगरपालिका ७ का रबिन दास र सुनसरीको इटहरी उपमहानगरपालिका २ का प्रदिप लिम्बु पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट २२ क्यालिबरको राइफल एक थान, राइफलको म्याग्जिन २ थान, सोमा प्रयोग हुने गोली १५ थान, बाइनाकुलर ३ थान, ट्राइपोर्टर एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, चोरी शिकारी गरी मारिएको बँदेल लोड गरिएको को.२त. ६९ नम्बरको ट्याक्टर तथा प्रदेश–३–०१–०२२च.६८५५ नम्बरको स्कारपियो बरामद भएको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
पक्राउ परेका सामानसहित सबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखी डिभिजन वन कार्यालय सप्तरीको समन्वयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत वर्ष सोही क्षेत्रबाट प्रहरीले चोरी शिकारीमा संलग्न एक जना चिकित्सकलाई पक्राउ गरी कारवाहीका लागि डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ