News Category 2081/05/16
सप्तरीमा संचालित सडक निर्माण योजनालाई गति प्रदान गर्ने निर्णय

दैनिक समाचारदाता
राजविराज, १६ भदौं ।
हाल निकै सुस्त गतिमा चलिरहेको सप्तरीको विभिन्न भेगका सडकको स्तरोन्तरी कार्यलाई गति प्रदान गर्ने निर्णय भएको छ ।
चाड पर्व नजिकिदै गर्दा पनि निर्माण कार्यले गति लिन नसक्दा जिर्ण सडकका कारण सर्वसाधारणलाई समस्या भोग्नु परिरहेको साथै दैनिक जसो सवारी दुर्घटना हुन थालेपछि आइतबार सरोकारवालाहरुको बसेको बैठकले सडक निर्माण कार्यलाई गति प्रदान गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको अध्यक्षतमा आयोजित बैठकले जिल्लामा संचालित सडक निर्माण आयोजनाहरुमा सहज सवारी आवागमन व्यबस्था र समयमै आयोजना सम्पन्न गर्ने गरि दुई बुँदे निर्णय गरेको छ ।
बैठकले जिल्लामा निर्माणधीन रुपनी–राजविराज, राजविराज–छिन्नमस्ता, राजविराज–हनुमाननगर–भारदह सडक योजनाको कार्यलाई एक हप्ताभित्र गति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले उक्त योजनाहरुलाई समयमै सम्पन्न गर्न सम्बन्धीत कार्यालय र सुरक्षा निकायले आवश्यकता अनुसार सहजिकरण र समन्वय गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा प्रहरी उपरिक्षक गजुसिद्दि बज्राचार्य, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौडेल, सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्ण, इन्जिनियर जिवछ यादव, पंकज कुमार कर्ण लगायत सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
- 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन
- 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ