News Category 2081/05/17
गैरसंवैधानिक नियमावली खारेजको माग गर्दै कानुन व्यवसायीद्वारा धर्ना
दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
गैरसंवैधानिक नियमावली खारेजको माग गर्दै सोमबार देशभरका अदालत परिसरमा कानुन व्यवसायीहरुले एक घण्टा धर्ना दिएका छन् ।
न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न माग गर्दै सो धर्ना दिइएको हो ।
सप्तरी जिल्ला अदालत बार एकाई राजविराज र उच्च अदालत बार एशोसिएशन राजविराजका कानुन व्यवसायीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंबैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज, गैरसंबैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ती नगर र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृती, बिसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्न माग गर्दै दुबै अदालत अगाडी एक घण्टा धर्ना दिएका छन् ।
नेपाल बार एशोसिएशनको सुर्खेतमा सम्पन्न वार्षिक साधारण सभा तथा चितवनमा सम्पन्न केन्द्रिय कार्यकारिणी परिषद्को बैठक र काठमाडौंमा सम्पन्न १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ बाट समेत सो संशेधन गैरसंबैधानिक घोषणा गरी नेपालका प्रधान न्यायाधीश र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गरासकेपनि सरोकारवाला निकायसँग परामर्श नै नगरि एक पक्षिय ढंगले गरिएको न्याय परिषद् नियमावली संशोधनले संविधानको धारा १४१ (३) को आत्मा नै मर्न गएको र कानुनको सिद्धान्त विपरीत रहेको नेपाल बार एशोसिएशनको ठम्याइ रहेको छ ।
सो नियमावली खारेज नभएसम्म धर्ना कार्यक्रमलाई प्रत्येक दिन निरन्तरता दिने जिल्ला बार एशेसिएशनका पूर्वअध्यक्ष अधिवक्ता डोमन साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ