News Category 2081/05/18
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम

दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
सप्तकोशी नगरस्तरिय युवा संजालका सदस्यहरूलाई क्षमता अभिबृद्धिका लागि संचालित दुई दिने क्षमता बिकास तालिम मंगलबार सम्पन्न भएको छ ।
सबल नेपालद्वारा आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य कार्यान्वयन संस्थाले संंचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका महिला, युवा, किशोर किशोरीहरूको अधिकार अभियानको लागि गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा सप्तकोशी नगरपालिका वडा ३ का अध्यक्ष देवकान्त गोजेवारले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्ने बताए । वडा ५ का अध्यक्ष गोसाई चौधरीले युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आएको बताए ।
त्यस्तै सप्तकोशी नगरपालिका प्रशासन अधिकृत प्रकाश सुवेदीले युवा संजाल सक्रिय र संगठित भएर समाजिक मुद्वा र सवालमा अगाडि बढेमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबधता गरे ।
योजना तर्जुमामा युवाको सहभागिता, कानुन निर्माणमा युवाको सहभागिता, युवामैत्री बार्षिक नीति, युवा निर्दिष्ट बजेटको ब्यबस्था, योजना कार्यान्वयनमा युवाको सहभागिता, अनुगमन मुल्याङ्कनमा युवाको सहभागिता बारेमा सहजिकरण गरिएको छ । त्यस्तै युवा क्षमता बिकास तालिमवाट युवाहरूको समस्या, मुद्वा, सवालहरूको वारेमा पैरबी, बकालत गरी समस्याको सामाधान गरी समुदायलाई सचेत र शिक्षित बनाउने उदेश्य रहेको छ ।
सो तालिममा सबल नेपालका परमेश्वर झा, कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादब, कार्यक्रम अधिकृत सवनम यादब लगायतले सहजिकरण गरेका थिए । जिल्लाको १८ वटै पालिकामा गठित युवा संजालका सदस्यहरूलाई क्षमता बिकास तालिम सुरू गरिएको सबल नेपालका कार्यक्रम म्यानेजर शुभनारायण भिणवार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ