News Category 2081/05/18
इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्छु ः खेलकुद मन्त्री चौधरी
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा कार्य योजना अनुसार कार्य नभईरहेकोप्रति चिन्ता व्यक्त गर्दै आफ्नो कार्यकालमा इमान्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुद माथी उकास्ने प्रयास गर्ने बताएका छन् ।
सप्तरीको बोदेबरसाईनमा मंगलबार नेपाली कांग्रेस नगर कार्य समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मधेस र कणार्ली प्रदेश मानव विकास सूचांकमा पछाडी रहेको र उचित बजेटको अभावमा यस क्षेत्रमा काम नभइरहेको प्रति आफू चिन्तित भएको जिकिर गरे ।
मन्त्री चौधरीले वर्तमान सरकारले खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको र यसले खेलको विकासमा टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।
“म मन्त्री बन्नु भन्दा पहिला नै बजेट बिनियोजन भईसकेकोले निर्वाचन क्षेत्रमा सोचेजती बजेट ब्यवस्थापन हुन नसकेपनि मन्त्रालयबाट नगरको विकासका निम्ति कुनै कसर बाँकी राख्दिन् ।” उनले भने, “कबड हल, दुई वटा खेलकुदका लागि फिल्ड स्तरोन्नती तत्कालै प्रकृया अगाडी बढाईने छ ।”
युवा तथा खेलकुद मन्त्रालयबाट नगरको केही फिल्डको डि.पि.आरका लागि मन्त्रालको प्रावधिक टोलीबाट नापजाँच भर्ईसकेकोे बताउँदै मन्त्री चौधरीले जनताको विश्वासमा कुठाराघात हुन नदिने बताए ।
सो अवसरमा बोदेबरसाईन नगर बजार ब्यापार संघका पदाधिकारीले मन्त्री चौधरीलाई स्वागत गर्दै बजारको विकासका लागि बडी भन्सार कार्यालय स्थापना तथा बजारमा कबड हल र राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापनाका लागि आवश्यक पहल गर्न आग्रह समेत गरे ।
सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरी मन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन् । मन्त्री चौधरीलाई निर्वाचन क्षेत्रमा स्थानीयहरूले ठाउँ ठाउँमा कार्यक्रम आयोजना गरि स्वागत गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस बोदेबरसाइन नगर समितिका सभापति ई. दिपेन्द्र यादव, सुरुङ्गा नगरपालिका मेयर गिता चौधरी, अन्तराष्ट्रिय भरोत्तोलन खेलाडी कानन चौधरी लगायतले शुभकामना दिँदै खेल पूर्वाधार निर्माण समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले गृहजिल्लाको विभिन्न पालिकामा कवड हल निर्माण तथा जिर्ण अवस्थामा रहेका खेल मैदानहरुलाई स्तरोन्ती गर्नुपर्ने सुझाव समेत दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ