News Category 2081/05/19
स्थापना दिवसमा अस्पताललाई सहयोग
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
नेपाल निजामती कर्मचारी युनियन सप्तरीले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सहयोग स्वरुप वेडसिट प्रदान गरेको छ ।
अस्पतालको आकिस्मक कक्षमा रहेका सबै २५ वटै वेडमा प्रयोग गर्नका लागी आवश्यक वेडसिट प्रदान गरेको हो ।
रोगको संक्रमण फैलने सम्भावना न्यूनिकरण तथा सरसफाईको सन्देश दिदै अस्पतालाई सहयोग गर्न स्थापना दिवसमा यस्तो कार्याक्रम रोजेको नेपाल निजामति कर्मचारी यूनियनका अध्यक्ष सूर्यकान्त झाले बताए ।
युनियन आबद्ध कर्मचारीहरुको नीजि खर्चबाट सो सहयोग जुटाइएको उनले बताए । यूनियनका अध्यक्ष झाका साथै स्थापना दिवस समारोहका प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साहले संयुक्त रुपमा उक्त वेडसिट अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप साहलाई हस्तान्तरण गरे ।
सो अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ सप्तरीका अध्यक्ष शिव नारायण चौधरी, सचिव सनत मण्डल, नेविसंघका अध्यक्ष राकेश ठाकुर, तरुण दलका अध्यक्ष अर्जुन यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ