News Category 2081/05/19
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सप्तरी जिल्ला बार एकाईको नेतृत्वका लागि बुधबार कानुन व्यवसायीहरुको दुई समूहले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
बार एकाईको अध्यक्ष पदका लागि अधिवक्ताद्वय कामेश्वर प्रसाद यादव र उपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपाध्यक्षमा अभिवक्ता दिलिप कुमार चौधरी र अधिवक्ता मिस्टर चौधरीले मनोनयन दर्ता गराएका छन् भने सचिवमा अधिवक्ताद्वय रामएकवाल मण्डल र सुरेश सिंह तथा कोषाध्यक्ष पदमा अधिवक्ताद्वय निलम कुमारी यादव र बैजनाथ चौधरीको मनोनयन परेको छ ।
यस्तै खुल्ला सदस्य पदका लागि गबेन्द्र प्रसाद देव, धिरेन्द्र लाभ, रामनरेश चौधरी, देवनाथ चौधरी, दिपेश कुमार चौधरी, ज्ञानेन्द्र प्रसाद यादव, बिरबहादुर कडारी, शिवनरायण यादव, महेन्द्र प्रसाद यादव, हेमनारायण चौधरीले उम्मेदवार िदिएका छन् ।
केन्द्रिय पार्षदका लागि श्यामनारायण यादव, धु्रबकुमार मण्डल, भोजराज शर्मा, बलराम देव, महेन्द्र प्रसाद देव, मनु खनाल, शंकर कुमार मिश्रा, कमल कुमार यादव, केशरलाल खंग र रमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच सहसचिव पदमा अधिवक्ता शैलजा कुमारी साहको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक केशव प्रसाद दासले जानकारी दिए ।
यसैगरि महिला सदस्य पदका लागि बुधबार एउटा पनि उम्मेदवारी दर्ता हुन नआएको भन्दै निर्वाचन समितिले सो पदमा उम्मेदवारीका लागि बिहीबार समय थप गरेको जनाएको छ ।
जिल्ला बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि आउँदो भदौ २९ गते निर्वाचन हुदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ