News Category 2081/05/19
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सप्तरीको एक विद्यालयमा मंगलबार मध्यराती चोरले डेढ लाख मुल्य बराबरको सम्पत्ति चोरी गरेका छन् भने झण्डै एक लाख मुल्य बराबरको सम्पत्ति तोडफोड गरी नष्ट गरिदिएका छन् ।
जिल्लाको विष्णुपुर गाउँपालिका ५ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय कट्टीमा यस्तो खाले चोरी घटना भएको हो ।
प्रधानाध्यापक बबिता यादवका अनुसार विद्यालयबाट ग्यास सिलिण्डर, चुल्हो, पंखा, बाइफाई राउटर, पानी तान्ने मोटर, पाइप, दिवाल घडी, भाडाकुडा र विद्यार्थीहरुको दिवाखाजाका लागि मगाइएका विभिन्न उपभोग्य सामाग्रि गरी डेढ लाख भन्दा बढीको सरसामान चोरी भएको छ ।
चोरले स्टोर कोठामा रहेको आलु, प्याज, चना, मुरही, हरियो सागसब्जी, एउटा ग्यास चुल्हो, खाना पकाउने मरमसाला, दुई वटा टेबुल पंखा र केही फर्निचरहरु बाहिर निकालेर नष्ट गरिदिएका छन् । खाद्यान्न र हरियो तरकारी विद्यालय परिसरमा छरपष्ट फालिदिएका छन् भने पंखा, ग्यास चुल्हो र कुर्सी फर्निचर लगायतका सामाग्रि बाहिर निकालेर तोडफोड गरी चोरले छाडेर हिडेको प्रअ यादवले बताइन् । यस्तै दराजमा रहेका महत्वपूर्ण कागजातहरु बाहिर निकालेर च्यातचुत पार्दै विद्यालय परिसरमा छरपष्ट फ्यालिदिएको उनले बताइन् ।
उक्त विद्यालयमा १ सय ६५ जना विद्यार्थी छन् । उनीहरुको दिवा खाजाका लागि राखिएका राशन मध्ये आधा चोरी भएको र आधाजति चोरले फ्यालि हिडेको प्रअ यादवले बताइन् । राती चोरी भएको कुरा बुधबार बिहान ८ बजेतिर विद्यालय पुग्दा मात्र थाहा पाएको कार्यालय सहयोगि ज्ञानबत्ति साहले बताइन् । त्यसपछि सबैलाई जानकारी गराएको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले घटनाको खबर पाएलगत्तै प्रहरी निरिक्षकको नेतृत्वमा एक टोली विद्यालयतर्फ खटाइएको बताए । उनले हरेक कोणबाट घटनाको अनुसन्धान गरिने र छिट्टै अपराधी पत्ता लाग्ने विश्वास समेत जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ