News Category 2081/05/20
यूवकको मृत्युले अस्पताल तनावग्रस्त
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेको एक युवकको केही मिनेटमै मृत्यु भएपछि बिहीबार अस्पताल तनावग्रस्त भएको थियो ।
चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले प्रदर्शनसहित अस्पताल बिरुद्ध चर्को नाराबाजी गरेपछि अस्पतालमा तनावग्रस्त बन्न पुगेको हो ।
घटना विवरण अनुसार सप्तरीको विष्णुपुर गाउँपालिका ४ कनकट्टाका २० वर्षिय मो. मनिर मियाँ दिउँसो ३ बजेतिर आमा हसिनासँगै उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । छातीमा निकै असहज भएपछि मो. मनिरलाई तत्कालै चिकित्सकले बेडमा राखी सुई लगाएर अन्य उपचार बिधिको तयारी गर्दै थियो । तर, थपउपचार बिधिको प्रयोग नहुँदै उनको मृत्यु भयो । उनी केही दिनदेखी ज्वरो, रुघाखोकी र श्वासप्रश्वास समस्याले बिरामी थिए । उनले अन्यत्र पनि उपचार गराइरहेका थिए ।
उपचारकै क्रममा मृत्यु भएपछि मृतकका परिवारले उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण आफ्नो मान्छेको मृत्यु भएको दाबी गर्दै हो–हल्ला र बिरोध प्रदर्शन सुरु गरे । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरि स्थिति साम्य पारेको बताए ।
यस्तै असुरक्षा महसुस गर्दै आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरु समेत त्यहाबाट बाहिरिएका थिए । सुरक्षाकर्मीले स्थिति साम्य पारेपछि उनीहरुलाई काममा फर्केका थिए ।
यता मृतकका आमा हसिनाले ६ दिनपछि छोरा मनिर बैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने तयारीमा रहेको बताइन् । सोका लागि मनिरले हवाई टिकट पनि काटिसकेको थियो । केही दिनयता प्राइभेट क्लिनिकमा उपचार गराउँदै आएको भएपनि छोराको अवस्थामा सुधार नआई स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएपछि अस्पताल पुगेको आमा हसिनाले बताइन् । तर अस्पताल पुगेको १५ मिनेटमै छोराको मृत्यु भएको उनको भनाई छ ।
यस्तै अस्पताल प्रशासनले छातीमा संक्रमण देखिएका मनिरलाई अस्पताल आए लगत्तै उपचार सुरु गरिएको र उपचारमा कुनै लापरवाही नगरिएको दाबी गरेको छ । एकातिर छातीमा अत्याधिक संक्रमण अर्कोतिर उपचारका लागि ढिलो आउँदा पनि बचाउन नसकिएको चिकित्सकहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ