News Category 2081/05/23
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।
सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजना तथा सोलार बत्ति जडान लगायतका कार्यमा सम्झौता बमोजिमको कामै नगरि रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १९ जना बिरुद्ध विशेष आदालतमा मुद्दा दायर गरेको छ ।
तिरहुत गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव (हाल राजगढ गाउँपालिका) र इन्जिनियर खुर्सेद इक्राम (अवकाश प्राप्त)ले आ.ब. २०७५÷७६ मा वडा नं. ५ स्थित पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन सम्वद्र्धन तथा व्यवस्थापन कार्यका लागि योजनाको सम्झौता पत्रमा सही छाप गरेको विपरीत काम भएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ । उनीहरुले कम काम गरि बढी काम गरेको भनी तयार गरेको प्राविधिक मुल्याङनसहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदन पेश गरि भुक्तानीका लागि आदेश सदर गरि ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अख्तियारको आरोप छ । दुबै जना माथी ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा बिगो र जरिवाना माग दाबी कायम गरि मुद्दा दर्ता गरिएको छ ।
सोही योजनामा तत्कालिन लेखा प्रमुख सोनु कुमार सोनीले योजनाको भुक्तानी गर्दा नियमानुसार भुक्तानी गर्नुपर्नेमा सो नगरि ५ लाख ३९ हजार ३ सय ८५ रुपैया ८९ पैसा बढी भुक्तानी दिएको तथा उपभोक्त समितिले पेश गरेको बिल बिजकहरु जारि भएको मिति योजना सम्झौता मिति भन्दा अगावै जारि भएको देखिएबाट उक्त बिल भरपाई झुठा तथा नक्कली पुष्टि भएको अवस्थामा उक्त झुठा बिल बिजक वापतको १ लाख ९५ हजार ८ सय ९५ रुँपैया समेत गरि ७ लाख ३५ हजार २ सय ८० रुँपैया ८९ पैसा बढी भुक्तानी गरेकोले सोही बमोजिमको बिगो वसुल उपरसहित कैदको माग दाबी अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
सोही योजनामा अनुगमन तथा भुक्तानीमा संलग्न गाउँपालिकाका तत्कालिन उपाध्यक्ष तिर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्य दुर्गानन्द यादव (वडा नं. ३ का स्वास्थ्य शाखा प्रमुख), बिरेन्द्र कुमार यादव (वडा नं. २ का वडा सचिव), भोगानन्द महात्मान (वडा नं. ३ का निर्वतमान वडा अध्यक्ष) र रमानन्द चौधरी (वडा नं. ५ का वडा अध्यक्ष)ले बास्तविक भए गरेको कार्य भन्दा बढी गरेको भनी नभए गरेका कुरा देखाई भुक्तानीको प्रतिवेदन पेश गरि सोही बमोजिम झुठा बिल भरपाईको आधारमा भुक्तानीको टिप्पणी र आदेश सदर भई ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा उपभोक्ता समितिलाई बढी भुक्तानी दिन लगाएकोले सोही अनुसारको जरिवाना र कैदको सजाय गर्न अख्तियारले माग दाबी लिएको छ ।
सोही योजनाका उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवकान्त चौधरी र कोषाध्यक्ष चन्द्री देवीलाई समेतलाई अख्तियारले विपक्षी बनाई ११ लाख १९ हजार ९ सय ४९ रुँपैया ३३ पैसा बिगो समेत सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
यस्तै सोही पालिकामा ६ वर्षअघि वडा नं. १ देखी ५ सम्म भएको सोलार बत्ति जडान कार्यमा नापी किताब अनुसार कार्य नगरि वास्तविक कार्य भन्दा बढी भुक्तानी दिएको आरोपमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डलसहित ९ जना बिरुद्ध अख्तियारले आइतबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आ.ब. २०७४÷७५ मा सोलार बत्ति खरीद तथा जडान कार्यका लागि भएको सम्झौता बमोजिम काम नभएको तर प्राविधिक मुल्याङनसहितको नापी किताब तयार गरि भुक्तानीको आदेश र टिप्पणी गरि काम भन्दा ६ लाख ४५ हजार ६ सय ६५ रुँपैया बढी भुक्तानी दिएको अख्तियारद्वारा विशेष अदालतमा दायर आरोप पत्रमा उल्लेख छ ।
यस्तै सोही मुद्दामा गाउँपालिका तत्कालिन उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक तिर्थमाया खत्वे, सदस्यद्वय दुर्गानन्द यादव र बिरेन्द्र कुमार यादवले बास्तविक भन्दा बढी कार्य भएको प्रतिवेदन पेश गरि भुक्तानीका लागि सिफारिस गरेकोले दोषि देखिएको भन्दै आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय समेतको माग दाबी गरिएको छ ।
उक्त कार्यमा उपभोक्ता समितिका अध्यक्ष रबेन्द्र कुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणु कुमार यादव समेतको संलग्नता रहेको अख्तियारद्वारा विशेष अदालतमा दायर आरोप पत्रमा उल्लेख छ । निजहरुले सर्त एवं सम्झौता विपरीत भए गरेको कार्य भन्दा बढी कार्य गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, बिल भरपाई, डोर हाजिरी लगायतका झुठा कागजात तयार गरि भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा पेश गरेको आरोप पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ