News Category 2081/05/25
भारतमा ८ नेपाली सम्मानित
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा “ग्लोबल ह्युमन राइट्स इण्डो–नेपाल” मित्रता पुरस्कारबाट ८ जना नेपालीलाई सम्मान गरिएको छ ।
ग्लोबल ह्युमन राइट्स प्रोटेक्सन फाउण्डेशन रिसर्च इन्स्टिच्युटद्वारा सोमबार आयोजित एक कार्यक्रमबीच ८ जना नेपालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा सप्तरीकी सुनिता साह “क्रान्ति”, मो. अनवर अली, मिश्रिलाल मधुकर, नेत्रबिक्रम साह, डा. नवलकिशोर साह, डा. अनिसा अछामी, समोदकुमार साह र कामेश्वर साह छन् ।
मानवअधिकार, महिला शसक्तिकरण, सामाजिक न्याय तथा कोरोना कालमा पीडित भएकाहरुको विभिन्न माध्यमले सहयोग पु¥याएवापत उनीहरुलाई सो पुरस्कारबाट सम्मानित गरिएको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष महानन्द सरकारले बताए ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी अशोक अग्रवालले सम्मानपत्र, प्रतिक चिन्ह र मेडल प्रदान गरे । उक्त संस्थाले प्रत्येक वर्ष मानवअधिकार, महिला शसक्तिकरण, सामाजिक न्याय र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका अभियन्ताहरुलाई छनौट गरि पुरस्कृत गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ