News Category 2081/05/25
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
सप्तरी जिल्लाको १८ वटै पालिकामा कक्षा ३ सम्मका विद्यार्थीलाई लक्षित गर्दै पाँच वर्षे जाइका आइबिएसई परियोजना संचालनमा आउने भएको छ । जापानी सहयोगि संस्था जाइकाको सहयोग तथा शिक्षा विज्ञान प्रविधि मन्त्रालयको समन्वयमा सो परियोजना संचालनमा आउने भएको हो ।
सोमबारदेखी राजविराजमा सुरु भएको तीन दिने “आधारभुत विद्यालयको शिक्षा उत्थान सम्बन्धि अभिमुखीकरण” कार्यक्रममा यस्तो जानकारी गराइएको छ ।
परियोजना संचालनको पुर्व तयारी स्वरुप शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको शिक्षा मानव विकास श्रोत केन्द्रको आयोजना, जिल्ला समन्वय समितीको समन्वय तथा जाइकाको सहयोगमा उक्त अभिमुखीकरण सुरु गरिएको हो ।
कक्षा ३ सम्मका विद्यार्थीहरु बढीजसो गणित विषयमा कमजोर देखिएकाले गणित विषयलाई बढी प्राथमिक्तमा राखी पाँच वर्षे परियोजना संचालनमा ल्याउन लागिएको र यसले अन्य विषय संगै गणित विषयको पढाइस्तर उकास्न समेत ठूलो मदत पुग्ने परियोजनका प्रमुख अधिकृत विष्णु प्रसाद आर्चायले बताए ।
उनले जापानको सहयोगि संस्था जाईकाको सहयोग र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको समन्वयमा हाल मुलुकको सप्तरीका साथै धादिङ, स्याङजा, कपिलवस्तु, दैलेख र कंचनपुर लगायत सात स्थानमा परियोजना संचालन हुने बताए ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको मानव विकास श्रोत केन्द्रकी शाखा अधिकृत मुक्ता देवी पोखरेलले पाँच वर्षे जाईका आईविएसइ परियोजना प्रभावकारी ढंगले संचालन र कार्यान्वयनका लागी जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख तथा सरोकारवालालाई सहभागिता गराएर अभिमुखीकरण कार्यक्रम चलाइएको बताईन । उनले परियोजना अन्तर्गत विद्यार्थी मात्रलाई नभई गणित विषय पढाउने शिक्षक समेतलाई दक्ष बनाउन विभिन्न प्रयासहरु गरिने बताईन । उनले परियोजनाको उदेश्य बमोजिम काम भए नभएको बेला बेलामा अनुगमन गरिने समेत बताईन ।
जडैदेखी गणित विषयको सिकाई, अध्यन र अध्यापनलाई बलियो बनाउने उदेश्यले कक्षा १, २ र ३ का विद्यार्थीलाई लक्षित गरी परियोजना संचालनमा ल्याइएको जापानी सहयोगि संस्था जाईका तथा अन्तराष्ट्रिय विकास केन्द्र जापानको समाजिक विकास शाखाका सिनीय रिर्सचर एतसुसि तेसकुइले बताए । श्रब्य दृश्य समाग्री मार्फत समेत सहभागीहरुलाई परियोजनाको उदेश्य र कार्यान्वय पक्षबारे स विस्तार जानकारी दिएका उनले शैक्षिक क्षेत्रमा सुधारका लागी ल्याइएको कार्यक्रम सफल बनाउन सबै मिलेर सहयोग गर्नू पर्नेमा जोड दिए ।
जिल्ला समन्वय सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, सप्तरीका प्रमुख विजय कुमार मण्डल, स्थानीय शिक्षा इकाई संयोजक श्रीलाल सरदार, राजविराज नगरपालिका शिक्षा शाखाका प्रतिनीधी भगवती विश्वकर्मा, शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर विक्रम थापा, महदेवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख देव कुमार यादव, जाईकाका जिल्ला संयोजक उमेश कुमार साह लगायतले जाईका आईबीएसइ परियोजना प्रभावकारी संचालनका लागी आ–आफ्नो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ