News Category 2081/05/25
समावेशी समानुपातिक प्रतिनिधित्व धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो त्याग र तपस्यापछि प्राप्त समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनताको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँदै यसका बिरुद्ध निरन्तर सचेतनापूर्वक खबरदारी गर्नु आवश्यक रहेको बताएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक सोमबार अनावरण गर्दै उनले यस्तो खबरदारीको आवश्यकता रहेको बताएका हुन् ।
सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने उनले उल्लेख गरे ।
उनले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने समेत बताए । शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने जनाए ।
‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता योद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ’ उनले भने– ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुने छ ।’
आफ्नो प्रधानमन्त्रीत्वकालको अन्तिम समयमा शान्ति प्रक्रियालाई टुंग्याउन आवश्यक कानुन बनाउन कार्यदल गठन गरिएको र अहिले कार्यदलको सहमतिअनुसार संसदबाट टिआरसी विधेयक नै पारित भएसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो शान्ति सम्झौताका पक्षधर शक्ति र जनताका लागि गौरवको कुरा भएको बताए ।
अध्यक्ष प्रचण्डले भने– ‘अहिले टिआरसी विधेयक नटुंगिएको कारण देखाउँदै अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हालका लागि स्थगित गर्न भनेको छ, अब टिआरसी विधेयकमा सहमति भएर सत्यनिरुपण आयोग पनि बनिसकेपछि हामी सबैले आग्रह गर्दा जनताको चाहनाअनुसार जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने बाटो खुल्नेछ भन्ने पनि मेरो दृढ विश्वास रहेको छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ