News Category 2081/05/25
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
सनातन हिन्दु धर्मको संरक्षण तथा सशक्तिकरण लगायतका विषयमा तीन जिल्लाका महिलालाई समेटेर आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विश्व हिन्दु परिषद् सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ८ पोखरीयामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सिरहा, उदयपुर र आयोजक सप्तरीका गरि १ सय २५ महिलाहरुको सहभागिता रहेको थियो ।
हिन्दु धर्म तथा हिन्दु धर्मावलम्बी परिवारको संरक्षण, एकता, हिन्दु धर्म संस्कृति, संस्कार, चाड पर्व, परम्पराको संरक्षण तथा हिन्दु धर्मावलम्बी नारीहरुको सशक्तिकरण र क्षमता विकास लगायतका उद्देश्य प्राप्तिका लागि उक्त कार्यक्रम चलाइएको आयोजक विश्व हिन्दु परिषद्का कोषाध्यक्ष कात्तिक चौधरीले बताए ।
उनकै अध्यक्षतमा आयोजित कार्यक्रममा प्रमुख अतिथि परिषद्का राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, सचिव रामनारायण ठाकुर लगायतले सनातन हिन्दु धर्मप्रति महिलाहरुको आकर्षण र सहभागिता बृद्धि, सशक्तिकरण तथा उनीहरुको जिवनशैलीमा सुधारका लागि यस्तो कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
प्रशिक्षणमा सहभागि महिलाहरुलाई जंगबहादुर सिंह, बृजेशकुमार झा, सुनिता ठाकुर, रामनारायण ठाकुर, लोकेन्द्र झा र मोहनकुमारले प्रशिक्षण दिएका थिए ।
समापन समारोहको संचालन परिषद्का प्रदेश सचिव जंगबहादुर सिंहले गरेका थिए । कार्यक्रममा संस्कार पक्षबारे सुनिता ठाकुरले सहजिकरण गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ