News Category 2081/05/25
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर

दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
जिल्लामा शैक्षिकस्तर उकास्न तथा तय गरिएको वार्षिक शैक्षिक कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनका लागि १८ वटै पालिका एकै थलोमा भेला भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् ।
सहभागिताका क्रममा उनीहरुले जिल्लाका लागि तय गरिएको वार्षिक कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।
जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ । कार्यशालामा सशर्त अनुदानमा बित्तिय हस्तान्तरण भएका र स्थानीय तहमा आ.ब. ०८१÷०८२ का लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाईद्वारा तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन बारे व्यापक छलफल गरी सुझाव संकलन समेत गरिएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजयकुमार मण्डलले बताए ।
शिक्षकले छात्र–छात्रालाई दिने सबै भन्दा उत्तम उपहार नै शिक्षा भएकोले यसमा कसैले पनि लापरवाही गर्नु अन्याय नै हुने भन्दै सहभागिहरुले जिल्लाको शैक्षिकस्तर उकास्न र आ.ब.२०८१÷०८२ का लागि तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने सवालमा इमान्दार प्रयाससहित लक्ष्य प्राप्तिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मण्डलले आ.ब. २०८१÷०८२ मा जिल्लामा संचालन हुने शैक्षिक गतिविधि तथा सोको कार्यान्वयन प्रक्रिया बारे बिस्तृत जानकारी गराएका थिए । कार्यक्रमका सहभागिहरुले विद्यालय शिक्षा क्षेत्र योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विगतका वर्षहरुका अनुभव, उपलब्धी र कार्यान्वयन क्रममा देखिएका चुनौतिहरुबाट सिकिएका पाठका आधारमा अघि बढ्ने र एकरुपता कायम गर्न सबै मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
इकाई प्राविधिक सहायक बिजयकुमार यादवद्वारा स्वागत गरी सुरु भएको कार्यशालामा प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मानव विकास श्रोत केन्द्रकी शाखा अधिकृत मुक्ता देवी पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, पिपिसीकी शिक्षा अधिकृत रंजना चौधरी, तिलाठी कोइलाडी गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रभुषण राय, राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, स्थानीय शिक्षा इकाई संयोजक श्रीलाल सरदार, शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर बिक्रम थापा लगायत १८ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुले जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको समस्या, चुनौती र समाधान बारे आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ