News Category 2081/05/25
वार्षिक शैक्षिक कार्यक्रम सफल कार्यान्वयनका लागि १८ वटै पालिका अग्रसर
दैनिक समाचारदाता
राजविराज, २५ भदौं ।
जिल्लामा शैक्षिकस्तर उकास्न तथा तय गरिएको वार्षिक शैक्षिक कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनका लागि १८ वटै पालिका एकै थलोमा भेला भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको दुई दिने “वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशाला” मा उनीहरुले यस्तो सहभागिता जनाएक हुन् ।
सहभागिताका क्रममा उनीहरुले जिल्लाका लागि तय गरिएको वार्षिक कार्यक्रम सफल बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।
जिल्लाको १८ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ । कार्यशालामा सशर्त अनुदानमा बित्तिय हस्तान्तरण भएका र स्थानीय तहमा आ.ब. ०८१÷०८२ का लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाईद्वारा तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन बारे व्यापक छलफल गरी सुझाव संकलन समेत गरिएको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख बिजयकुमार मण्डलले बताए ।
शिक्षकले छात्र–छात्रालाई दिने सबै भन्दा उत्तम उपहार नै शिक्षा भएकोले यसमा कसैले पनि लापरवाही गर्नु अन्याय नै हुने भन्दै सहभागिहरुले जिल्लाको शैक्षिकस्तर उकास्न र आ.ब.२०८१÷०८२ का लागि तय गरिएको वार्षिक कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने सवालमा इमान्दार प्रयाससहित लक्ष्य प्राप्तिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मण्डलले आ.ब. २०८१÷०८२ मा जिल्लामा संचालन हुने शैक्षिक गतिविधि तथा सोको कार्यान्वयन प्रक्रिया बारे बिस्तृत जानकारी गराएका थिए । कार्यक्रमका सहभागिहरुले विद्यालय शिक्षा क्षेत्र योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विगतका वर्षहरुका अनुभव, उपलब्धी र कार्यान्वयन क्रममा देखिएका चुनौतिहरुबाट सिकिएका पाठका आधारमा अघि बढ्ने र एकरुपता कायम गर्न सबै मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
इकाई प्राविधिक सहायक बिजयकुमार यादवद्वारा स्वागत गरी सुरु भएको कार्यशालामा प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मानव विकास श्रोत केन्द्रकी शाखा अधिकृत मुक्ता देवी पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, पिपिसीकी शिक्षा अधिकृत रंजना चौधरी, तिलाठी कोइलाडी गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रभुषण राय, राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, स्थानीय शिक्षा इकाई संयोजक श्रीलाल सरदार, शम्भुनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख बिदुर बिक्रम थापा लगायत १८ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुले जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको समस्या, चुनौती र समाधान बारे आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ