News Category 2081/05/27
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको बताएका छन् ।
मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने. काम भएको बताए ।
उनले जनता समाजवादी पार्टी नेपालका नेताहरुप्रति लक्षित गर्दे वर्तमान सरकारले १० लाख मात्रै बजेट विनियोजन गरेर विश्वविद्यालयलाई समाप्त पार्न खोजेको भ्रम फैलाउनु गलत भएको उल्लेख गरे ।
‘अहिले पनि विश्वविद्यालयको खातामा ३२ करोड छ’ यादवले भने, ‘जनतालाई गलत ट्रिट गर्ने प्रयास नगर्नुस् ।’ विश्वविद्यालयलाई निजिकरण र पार्टीकरण गर्न खोजिएको आरोप लगाउँदै उनले मधेश सरकारको गौरबको योजनाहरुको स्वामित्व सबैले लिनुपर्नेमा जोड दिए ।
जसपा नेपालप्रति इंगित गर्दै २०७८ साल फागुन १० मा सिनेटको पहिलो बैठकका निर्णय समेत प्रमाणिकारण नहुँद राजिष्ट्रर उपकूलपतिले सो निर्णय कार्यान्वय गर्दा अख्तियार सतर्कता केन्द्रले पत्राचार गरेको बताउँदै जन्म नहुँदै समाप्त हुने अवस्थामा पुगेको कृषि विश्वविद्यालयलाई आफूले जोगाएको बताए ।
‘२०८० साल असार ७ मा दोश्रो सिनेटको बैठक सहकूलपतिको नाताले आफ्नो अध्यक्षमा भएको र ताल्चा लाग्ने अवस्थामा पुगिसकेका विश्वविद्यालयलाई निर्णय प्रमाणिकरण गरेर आफूले जोगाएको हुँ’ प्रदेशसभा बैठकमा यादवले भने ।
कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना र परीक्षाका लागि बोर्ड समेत गठन नभएर भिसी रजिष्ट्रारले ‘वन म्यान आर्मी जस्तो’ कार्यविधि बाहिरको काम गर्नु गलत भएको त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी नेपालले कृषि विश्वविद्यालयकमा न्यून बजेट विनियोजन गरिएको विषयलाई लिएर बुधबार मधेश प्रदेश प्रदेशका आठवटै प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ