News Category 2081/05/27
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव

दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको बताएका छन् ।
मधेश प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रदेशसभा सदस्य समेत रहेको पूर्वमन्त्री यादवले राजविराजस्थित कृषि विश्वविद्यालयको बारे आम जनतामा भ्रम फैलाउने. काम भएको बताए ।
उनले जनता समाजवादी पार्टी नेपालका नेताहरुप्रति लक्षित गर्दे वर्तमान सरकारले १० लाख मात्रै बजेट विनियोजन गरेर विश्वविद्यालयलाई समाप्त पार्न खोजेको भ्रम फैलाउनु गलत भएको उल्लेख गरे ।
‘अहिले पनि विश्वविद्यालयको खातामा ३२ करोड छ’ यादवले भने, ‘जनतालाई गलत ट्रिट गर्ने प्रयास नगर्नुस् ।’ विश्वविद्यालयलाई निजिकरण र पार्टीकरण गर्न खोजिएको आरोप लगाउँदै उनले मधेश सरकारको गौरबको योजनाहरुको स्वामित्व सबैले लिनुपर्नेमा जोड दिए ।
जसपा नेपालप्रति इंगित गर्दै २०७८ साल फागुन १० मा सिनेटको पहिलो बैठकका निर्णय समेत प्रमाणिकारण नहुँद राजिष्ट्रर उपकूलपतिले सो निर्णय कार्यान्वय गर्दा अख्तियार सतर्कता केन्द्रले पत्राचार गरेको बताउँदै जन्म नहुँदै समाप्त हुने अवस्थामा पुगेको कृषि विश्वविद्यालयलाई आफूले जोगाएको बताए ।
‘२०८० साल असार ७ मा दोश्रो सिनेटको बैठक सहकूलपतिको नाताले आफ्नो अध्यक्षमा भएको र ताल्चा लाग्ने अवस्थामा पुगिसकेका विश्वविद्यालयलाई निर्णय प्रमाणिकरण गरेर आफूले जोगाएको हुँ’ प्रदेशसभा बैठकमा यादवले भने ।
कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना र परीक्षाका लागि बोर्ड समेत गठन नभएर भिसी रजिष्ट्रारले ‘वन म्यान आर्मी जस्तो’ कार्यविधि बाहिरको काम गर्नु गलत भएको त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी नेपालले कृषि विश्वविद्यालयकमा न्यून बजेट विनियोजन गरिएको विषयलाई लिएर बुधबार मधेश प्रदेश प्रदेशका आठवटै प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ