News Category 2081/05/28
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
गत असार ३ गते मुस्लिम समुदायको महान पर्व बकरइदका दिन एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका परिवारजनलाई मिलापत्र गर्न दवाव आउन थालेको गुनासो गरेका छन् ।
शुक्रवार मृतक राजविराज ४ का ३२ वर्षिय औरन्गजेव मियाँका बुवा मो.हबिव, काका बबलु खान र भाई मो.तवरेज आलम लगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो गुनासो पोखेका हुन ।
राजविराज ४ स्थित माछा हटियामा एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका औरन्गजेवको घटनाको दुई दिन पछी उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पालमा मृत्यु भएको थियो ।
राजविराज ४ स्थित रोयल इनफिल्ड अटोमोबाईलका संचालक औरन्गजेवमाथी जनावरको कुर्वानी तथा मदरसालाई सहयोगका विषयमा विवाद हुँदा धारिलो घरेलु हतियारको प्रयोग गरी हत्या गरिएको परिवारजनको भनाई छ ।
पत्रकार सम्मेलनमा मृतक औरन्गजेवका बुआ मो.हबिबले पीडक पक्षले आर्थिक लेनदेन गरी घटना मिलाउन दबाव बढाउँदै लग्नुका साथै नमिले “तिम्रो परिवारमा यस्तो घट्ना फेरी दोहोरीन सक्ने” भन्दै चेतावनी समेत दिन थालेको सुनाए ।
पीडक पक्ष पैसाको चलखेल गरी अपराध लुकाउने खेलमा लागेको भन्दै मुतकका आफन्तले सबैसंग न्यायका लागी अपिल गरेका छन । उनीहरुले औरन्गजेवको हत्यामा संलग्न भइ हाल फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत गरेका छन ।
अढाई वर्ष अघि बिहे भएका व्यवसायी औरन्गजेवका श्रीमती र २ काखे शिशु छन । औरन्गजेवको हत्या संगै उनीहरुको विचल्ली भएको छ ।
यता प्रहरीेले उक्त घटनामा संलग्न रहेका ७ आरोपी मध्ये राजविराज नगरपालिका वडा ३ का मो.नसिर, वडा २ का मो.आशिक खान र राजगढ गाउँपालिका ६ का मो.लाल खान गरी तीन जनालाई पक्राउ गरिसकेको छ ।
उनीहरु सप्तरी जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागी राजविराज कारागारमा छन । घटनाका थप आरोपीत राजविराज नगरपालिका वडा २ का मो.असलम भन्ने तरवेज, वडा ३ का मो इमरान खान, मों इर्शाद र राजगढ गाउँपालिका ६ का मो.मिन्टु भन्ने हुसैन खान फरार छन । उनीहरुको ब्यापक खोजतलास भईरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ