News Category 2081/05/30
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा आईतवार माइक्रो वसको ठक्करबाट एक शिशुको मृत्यु पश्चात् उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य भएको छ ।
मृतक परिवारलाई १० लाख क्षतिपूर्ती दिने, घाइतेको उपचार खर्च व्यहोर्ने, जिल्लामा टाइम कार्ड लागु गर्ने र भारदह चौकमा आवश्यकता पहचिान गरि प्रहरी तथा ट्राफिक बीट व्यवस्थापन गर्ने सहमति भएपछि तनाव साम्य भएको हो ।
विहान ८ बजेतीर भारदहस्थित कंकालिनी मन्दिर नजिकै भएको सो घटनामा डेढ वर्षिय आर्दश अधिकारीको मृत्यु भएको थियो । हजुरआमा अनिता अधिकारी नाती आर्दशलाई लिएर बाटो पार गर्न उभिरहेका बेला अचानक राजविराजबाट विराटनगरतर्फ जादै गरेको प्रदेश १–००५–००१ज.३८६६ नम्बरको माइक्रोले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
ठक्करबाट गम्भीर घाईते भएका दुबै जनालाई उद्धार गरी उपचारका लागी विराटनगरस्थित एक अस्पताल पु¥याइएको थियो । पु¥याइएको आधी घण्टामै उपचारका क्रममा बालक आर्दशको मृत्यु भएको तथा हजुरआमा अनिताको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
घट्नापछी आक्रोशित मृतकका आफन्त तथा स्थानीयले विभिन्न ४ बुंदे माग अघि सार्दै ५ घण्टा राजमार्ग अवरुद्ध पार्नुका साथै ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन थालेका थिए ।
प्रर्दशनकारीले माइक्रो चालकलाई सवारी ज्यान मुद्दामा कारवाही, मृतकका परिवारलाई क्षतीपुर्ती, माइक्रो सिन्डीकेट खारेजी तथा कंकालिनी भगवती मन्दिर परिसरमा प्रहरी बिट स्थापना लगायतका माग अघि सारेका थिए ।
स्थिति असामान्य हुन थालेपछि इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपाल तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेसहितको पुगेको टोलीले पीडित पक्ष तथा माइक्रो संचालक पक्षलाई राखेर छलफल र सहमती गराएपछि अवरुद्ध राजमार्ग पाँच घण्टा पश्चात् सूचारु भएको छ ।
ठक्कर दिने माइक्रो र चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ का ३२ वर्षिय अब्दुल सतारलाई नियन्त्रणमा लिई सवारी ज्यान मुद्दा अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ