News Category 2081/06/01
“महम्मद डे” मा सद्भाव ¥याली
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
मुस्लिम समुदायले सोमबार आफ्नो धर्मका प्रर्वतक हजरत महम्मद पैगम्बरको जन्मोत्सव सदभाव ¥याली सहित विविध कार्यक्रमको आयोजना गरी मनाएका छन ।
यस अवसरमा सप्तरी सदरमुकाम राजविराजमा महम्मद पैगम्बर जन्मजयन्तीको ब्यानर, राष्ट्रिय र धार्मिक झण्डा तथा बाजागाजा सहित हज्जारौको सहभागितमा भब्य सदभाव ¥याली निकालिएको छ ।
महम्मद पैगम्बर जन्मजयन्ती मनाउन सोमबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी मुस्लिम समुदायमा थप उत्साह देखिएको सदभाव ¥यालीका आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारीले बताए ।
¥यालीमा मुस्लिम समुदायका युवा, युृवती, बृद्ध बृद्धा, विभिन्न मदरसाका मौलानाका साथै बालबालिका समेतको उत्साहजनक सहभागिता रहेको थियो । सद्भाव ¥यालीमा हिन्दुधर्मावलम्बीका ब्यक्तीहरु पनि उत्साहका साथ सहभागी भए ।
मुस्लिम समाज राजविराजको अगुवाईमा “इस्लामको सन्देश मानवताको नाममा” नारासहित नुरीजामा मस्जिदबाट निस्केको सदभाव ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगी धार्मिक सभामा परिणत भएको थियो ।
उक्त धार्मिक सभालाई राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन, मृुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारी, मौलाना कैसर रजा, वडा सदस्य रामानन्द देव लगायतले सम्बोधन गर्दै महम्मद पैगम्बरको मानवताका लागी निर्देशित सन्देश तथा हिन्दु–मुस्लिम बीचको आपसी भाईचारा र धार्मीक सहिष्णुताको सन्देश गाउँ÷गाउँ सम्म पु¥याउनु पर्नेमा जोड दिए ।
यस अवसरमा मुस्लिम समुदायले गरिब, असहायलाई लत्ताकपडा, खाद्यान्न, फलफुल वितरणका साथै मिलाज, फतिया, कुरयानखानी लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी पैmयाज अन्सारीले बताए ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा हजरत महम्मद पैगम्बरको जन्म भएको दिनको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष धुमधामका साथ उनको जन्मजयन्ती मनाउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ