News Category 2081/06/01
“महम्मद डे” मा सद्भाव ¥याली

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
मुस्लिम समुदायले सोमबार आफ्नो धर्मका प्रर्वतक हजरत महम्मद पैगम्बरको जन्मोत्सव सदभाव ¥याली सहित विविध कार्यक्रमको आयोजना गरी मनाएका छन ।
यस अवसरमा सप्तरी सदरमुकाम राजविराजमा महम्मद पैगम्बर जन्मजयन्तीको ब्यानर, राष्ट्रिय र धार्मिक झण्डा तथा बाजागाजा सहित हज्जारौको सहभागितमा भब्य सदभाव ¥याली निकालिएको छ ।
महम्मद पैगम्बर जन्मजयन्ती मनाउन सोमबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा नै दिए पछी मुस्लिम समुदायमा थप उत्साह देखिएको सदभाव ¥यालीका आयोजक मुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारीले बताए ।
¥यालीमा मुस्लिम समुदायका युवा, युृवती, बृद्ध बृद्धा, विभिन्न मदरसाका मौलानाका साथै बालबालिका समेतको उत्साहजनक सहभागिता रहेको थियो । सद्भाव ¥यालीमा हिन्दुधर्मावलम्बीका ब्यक्तीहरु पनि उत्साहका साथ सहभागी भए ।
मुस्लिम समाज राजविराजको अगुवाईमा “इस्लामको सन्देश मानवताको नाममा” नारासहित नुरीजामा मस्जिदबाट निस्केको सदभाव ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनः सोही स्थानमा पुगी धार्मिक सभामा परिणत भएको थियो ।
उक्त धार्मिक सभालाई राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीन, मृुस्लिम समाज राजविराजका अध्यक्ष तैयव अन्सारी, मौलाना कैसर रजा, वडा सदस्य रामानन्द देव लगायतले सम्बोधन गर्दै महम्मद पैगम्बरको मानवताका लागी निर्देशित सन्देश तथा हिन्दु–मुस्लिम बीचको आपसी भाईचारा र धार्मीक सहिष्णुताको सन्देश गाउँ÷गाउँ सम्म पु¥याउनु पर्नेमा जोड दिए ।
यस अवसरमा मुस्लिम समुदायले गरिब, असहायलाई लत्ताकपडा, खाद्यान्न, फलफुल वितरणका साथै मिलाज, फतिया, कुरयानखानी लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरेको मुस्लिम अगुवा राजविराज ४ निवासी पैmयाज अन्सारीले बताए ।
इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अब्बल महिनामा साउदी अरबको मक्कामा हजरत महम्मद पैगम्बरको जन्म भएको दिनको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष धुमधामका साथ उनको जन्मजयन्ती मनाउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ