News Category 2081/06/01
चन्दा नदिदा माइक्रो चालक र सहचालकलाई कुटपिट गरि लुटपाट
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
मागे जतिको चन्दा दिन नसक्दा माइक्रो चालक र सहचालक माथि युवाहरुको एक समूहले सोमबार कुटपिट र लुटपाट गरेका छन् ।
सोको बिरोधमा राजविराज–हनुमाननगर सडक खण्डमा माइक्रो बस चालकहरुले चक्का जाम समेत गरेका थिए ।
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–००२–१ज.३८४२ नम्बरको माइक्रो बसलाई तोपा–मंसापुर खण्डमा रोकेर युवाहरुको एक समूहले कुटपिट र लुटपाट गरेको माइक्रो चालकहरुले बताएका छन् ।
विश्वकर्मा पुजाको नाममा जबरजस्ती चन्दा वसुल गरिरहेका स्थानीय युवाहरुको एक समूहले मागे जतिको चन्दा नदिदा चालक राम कुमार यादव र सहचालक मो. फिरोजलाई नियन्त्रणमा लिई कुटपिट र उनीहरुका साथमा रहेको नगद रकम समेत लुटपाट गरेको साइबाबा यातायात प्रा.लि. सप्तरीका अध्यक्ष भुपेन्द्र यादवले बताए । जबरजस्ती चन्दा असुल गर्ने र कुटपिट तथा लुटपाट गर्नेहरुलाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै चक्का जाम गरिएको हो ।
उनले कुटपिट र लुटपाटमा तिलाठी कोइलाडी गाउँपालिकाका विरेन्द्र साह, नवीन सिंह, शिवशंकर यादव लगायत आधा दर्जन व्यक्तिहरु सलंग्न रहेको भन्दै उनीहरु विरुद्ध प्रहरीमा उजुरी समेत दिइएको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले घटनामा सलंग्नहरुको खोजी कार्य भइरहेको जनाएका छन् । उनले दोषिहरुलाई अविलम्ब पक्राउ गरी कानून बमोजिम कारवाही गर्ने प्रहरी प्रतिवद्धता पछि आन्दोलित सवारी चालकहरुले दुई घण्टा पछि चक्का जाम खोलेको र आवागमन सुचारु भएको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ