News Category 2081/06/03
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान जारि भएको दिन असोज ३ लाई सप्तरी जिल्लामा कतै उत्सव त कतै बिरोधको रुपमा मनाइएको छ ।
जिल्ला समन्वय समिति सप्तरी ९ औं राष्ट्रिय संविधान दिवसलाई विभिन्न कार्यक्रमसहित तीन दिवसीय उत्सवको रुपमा मनाइ रहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी र स्वाधिन मधेश जनअभियान सप्तरीले आफ्नो माग सम्बोधन नगरि संविधान जारि भएको भन्दै बिरोध प्रदर्शन गरेका छन् ।
जिल्ला समन्वय समिति सप्तरीले तीन दिवसीय कार्यक्रम अन्तरगत बिहीबार संविधान दिवस सफल पारौं, घर घरमा दिपावली र राष्ट्रिय झण्डा फहराऔं नारासहित राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो ।
जिल्ला समन्वय समितिको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बजारका मुख्य भागको परिक्रमा गरेको थियो । ¥यालीमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यका साथै कर्मचारी, प्रहरी र सेनाको उल्लेख्य सहभागिता थियो ।
नगर परिक्रमा पश्चात् आयोजित प्रवचन् कार्यक्रमका सहभागि वक्ताहरुले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आमजनताको उत्सव भएको बताएका थिए ।
यता बिहीबारै जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको नेतृत्वमा पार्टी कार्यालयबाट निस्केको जुलुस “संविधान संशोधन गर, समाजिक लोकतन्त्र कायम गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर” लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी र स्वाधिन मधेश जनअभियान सप्तरीले आफ्ना माग सम्बोधन नगरि संविधान जारि भएको भन्दै छुट्टाछुट्टै बिरोध प्रदर्शन गरेका छन् ।
लोसपाका जिल्ला अध्यक्ष सुनिल झाको अगुवाईमा “असोज ३ कालो दिन” लेखिएको ब्यानरसहित बिरोध प्रदर्शन गरिएको छ । हात र टाउँकोमा कालोपट्टी बाँधेर गरिएको बिरोध प्रदर्शनमा लोसपाका केन्द्रिय नेता जयप्रकाश ठाकुर, राजविराज नगरपालिका निवर्तमान मेयर शम्भुप्रसाद यादव, निर्वतमान उपमेयर साधना झाका साथै सयौं नेता कार्यकर्ता सहभागि भए ।
यसैगरि कैलाश महतो नेतृत्वको स्वाधिन मधेश जनअभियान सप्तरीले पनि असोज ३ कालो दिन नारासहित बिरोध प्रदर्शन गरेका छन् ।
बिहीबार नै जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका अध्यक्ष केदार यादवको अध्यक्षतामा संविधान संशोधन विषयक विचार गोष्ठीको आयोजना गरिएको छ । गोष्ठिका सहभागिहरुले वर्तमान संविधानमा जनताको भावना नसमेटिएको भन्दै संविधानमा देखिएको त्रृटी सच्याउनु पर्ने माग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ