News Category 2081/06/04
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधिको अगुवाईमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी प्रदर्शन गरिएको छ ।
रुपनी गाउँपालिकाबाट अध्यक्ष दिनेश कुमार यादव, वडा अध्यक्ष लिला यादव तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित समूहले सार्वजनिक जग्गाको संरक्षण गर्न माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सार्वजनिक जग्गाको संरक्षण तथा जग्गा हडप्ने व्यक्तिमाथी कारवाहीको माग समेत गरेका छन् ।
रुपनी गाउँपालिका १ मा वर्षौदेखी आदर्श युवा क्लबको भवन रहेको जग्गा आफ्नो रहेको दाबी गर्दै सोही वडा बस्ने भोगेन्द्र यादवले भत्काएर आफ्नो निजि भवन बनाउन थालेपछि विवाद बढेको हो ।
गाउँपालिका अध्यक्ष यादवले सामाजिक र खेलकुद लगायत विभिन्न गतिविधी गर्दै आएको आदर्श यूवा क्लबको सार्वजनिक जग्गामा बनेको भवन संरचनालाई बलपूर्वक भत्काएर आफ्नो निजि भवन बनाउन लागेका भोगेन्द्रमाथी कारवाहीका लागि दबाब दिन आफूहरु आएको बताए । उनले सामाजिक क्षेत्रमा योगदान गर्दै आएको क्लबको संरक्षणका लागि स्थानीय प्रशासनको पटक–पटक लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउदा पनि सुनुवाई नगरेपछि बाध्य भई प्रदर्शनमा उत्रनु परेको बताए ।
उनले क्लबको भवन तोडफोड गरि हानी नोक्सानी पु¥याउने भोगेन्द्रबाट क्षतिपूर्ती दिलाउनु पर्ने माग समेत आफूहरुको रहेको बताएका छन् । यसबारे पालिकाका तर्फबाट भोगेन्द्र बिरुद्ध प्रहरीमा उजुरी दिएको जानकारी समेत उनले दिए । उनले उक्त जग्गा सार्वजनिक रहेको र भोगेन्द्रले अनाधिकृत रुपमा कब्जा गरेको जनाए ।
भोगेन्द्रले भने उक्त जग्गा आफ्नो निजि रहेको दाबी गर्दै आएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवसहित बसेको बैठकमा शनिबार बिहान ११ बजे सम्बन्धीत सबै पक्षलाई झिकाई जग्गा विवादबारे छलफल गरि निश्कर्षमा पुग्ने निर्णय भएको बताइएको छ ।
यसअघि ठूलो संख्यामा प्रदर्शनकारी आएको देखेपछि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले कार्यालय समय अगावै पौने तीन बजे नै जिल्ला प्रशासन कार्यालयको मूल गेट बन्द गरेका थिए । त्यसपछि झन आक्रोसित भएका प्रदर्शनकारीले स्थानीय प्रशासनबिरुद्ध चर्को नाराबाजी सुरु गरेका थिए । स्थिति असामान्य बन्ने देखेपछि कार्यालयमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ