News Category 2081/06/07
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
नेपाली काँग्रेस ३ नं क्षेत्रिय समिति र नेविसंघ सप्तरीको संयुक्त आयोजना तथा नोवेल मेडिकल टिचिङ अस्पताल विराटनगर र केएमसी टिचिङ अस्पताल काठमाडौको प्राविधिक सहयाोगमा संचालित शिविरमा एक हजार भन्दा बढी विरामीले निशुल्क सेवा प्राप्त गरेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा सोमबार आयोजना गरिएको उक्त एकदिने निशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात जना बिरामी लाभान्वित भएका हुन् । शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार याादवले उद्घाट्न गरेका छन् ।
उनले स्वास्थ्यको सुचाङ्कमा सप्तरी निकै पछाडी रहेकोले यस्ता स्वास्थ्य शिविरले गरिवी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई निकै राहत पु¥याउने विश्वास समेत व्यक्त गरे ।
सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले क्षेत्रको विकासका लागि आफूले विभिन्न खाका तयार पारी अगाडी बढेको र बर्षौंदेखि अलपत्र परेको महत्वपूर्ण योजनाहरु क्रमिक रुपमा कार्यान्वयनमा आउन थालेको बताए ।
उनले भारतीय सिमादेखि गाईघाट सडक सञ्जाल जोड्ने विषयबारे गम्भिर छलफल भईरहेको बताउँदै छिट्टै सो योजना पनि कार्यान्वयनमा आउने जानकारी दिए ।
शिविरमा मुटु रोग, नाक कान घाँटी रोग, छाला रोग, स्त्री रोग, बाल रोग, हाडजोर्नी रोग र आँखा सम्बन्धि रोगको निशुल्क उपचार सेवा प्रदान गरिएको शिविरका आयोजक काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपेन्द्र नारायण यादवले बताए ।
सांसद एवं बरिष्ठ डा. सुनिल शर्मा सहित एक दर्जन भन्दा बढी विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ