News Category 2081/06/08
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
अत्याधिक गर्मी बढेका कारण सप्तरीको कंचनरुप नगरपालिकाले मंगलवार देखी २ दिनका लागी विद्यालय बन्द गरेको छ ।
एकसाता यता तापक्रम बढेर ४० डिग्री पार गरेपछि विद्यार्थीको स्वास्थमा पार्ने प्रभावलाई ध्यानमा राखी नगरक्षेत्रका सबै विद्यालय दुई दिनका लागी बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
“गर्मी अत्याधिक बढेकाले खासगरी स–साना बालबालिकालाई निकै समस्या छ, नगर प्रमुख ललन प्रसाद गुप्ताले भने–विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावको राय अनुसार दुई दिनका लागी विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।”
उनले गर्मीलाई ध्यानमा राखी असोज ८ र ९ गते विद्यालय बन्द तथा असोज १० देखी १६ सम्म दिउसोको सट्टा विहान पठनपाठन गर्ने÷गराउने निर्णय भएको जानकारी समेत दिए ।
गर्मीलाई ध्यानमा राखी विद्यालय बन्द गरेकै दिन मंगलवार विहान हल्का वर्षा हुदा त्यस क्षेत्रमा केही राहत महसुस गरिएको स्थानीयले जानकारी दिएका छन ।
कंचनरुप नगरपालिका क्षेत्रमा समान्य वर्षा भएपनि सदरमुकाम राजविराजमा भने वर्षा भएन । यद्धपी हल्ला बादल लागेपछी तापक्रममा केही गिरावट आउदा जितीया पर्वमा सहभागी व्रतालु महिलाहरुले पनि केही राहत महशुस गरेका छन ।
प्रचण्ड गर्मी र घामका कारण विगत एक सातादेखी जनजीवन कष्टकर बनेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ