News Category 2081/06/08
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मधेसमा भइरहेको दाइजो प्रथा र बालबिवाह सम्बन्धि बिकृतिहरुलाई न्युनिकरण गरि हटाउनुपर्ने बताएका छन् ।
सेभ द चिल्ड्रेन, सबल नेपाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले मंगलबार राजविराजमा आयोजना गरेको बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबरजस्ती हुने विवाह रोकथामका लागि बालसंरक्षण संयन्त्रहरु, स्थानीय सरकार र विभिन्न सरोकारवाला निकाय तथा संघसंस्थाहरुको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
उनले मधेसका जिल्लाहरुमा दहेज प्रथा र बालबिवाहको घटनाहरु भइरहेकोले त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड समेत दिए । समाजमा असल नागरिकहरुलाई सजक बनाइ समाजमा भइरहेको भेदभाव र बिभिन्न बिकृतिहरुको अन्त्य गरि बालबिवाह बारे गाउँ÷गाउँमा चेतना जगाउनुपर्ने उनको सुझाव थियो ।
“बाल बिवाहले बाल मृत्युदर बढी हुन्छ र यसले कम उमेरमा बच्चा जनमाएमा पनि महिलाहरुलाई स्वास्थ्यमा समेत असर गर्नेगर्छ” मन्त्री साहले भने, “शारीरिक, मानसिक तवरले पनि समस्या हुने गरेकोले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।”
यस्तै मधेसमा भइरहेको दाइजो प्रथाका कारण अधिकांस परिवार पीडित भइरहेको भन्दै दाइजोमुक्त समाज निर्माण गर्ने तर्फ सबै मिली लाग्नु पर्ने जिकिर गरे । उनले बालबिवाहले महिलाहरुको मृत्युदर बढने देखिएकाले नेपालको कानुन अनुसार उमेर पुगेपछि मात्र बिवाह गनुपर्नेमा जोड दिदै छोरीहरुलाई छोरा सरह शिक्षा दिक्षा दिन अभिभावकहरुलाई आग्रह समेत गरे ।
राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बाँनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, बिभिन्न कार्यालयका कर्मचारी, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बालक्लबका बालबालिका तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ