News Category 2081/06/11
महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
कारागार कार्यालय सप्तरीमा बन्दी जिवन विताएको बेला कारागारकै कर्मचारीबाट बलत्कृत भएको भन्दै एक महिला कैदीबन्दीले प्रहरीमा जाहेरी दिएकी छिन् ।
पीडित भनिएकी महिलाले राजविराज कारागारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनरायण यादवले ८ महिना अघि कारागारको प्रशासनिक कक्ष भित्रै लगेर बलात्कार गरेको भन्दै उनी विरुद्ध जाहेरी दिएकी हुन् । जाहेरी परेपछि अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुुरु गरेको छ ।
ती महिला कैदीबन्दी राजविराज कारागारबाट जेल सरुवा भई उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
घटना विवरण अनुसार २०८१ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगी चन्दनले ‘जरुरी काम छ’ भन्दै कार्यालय कोठाको विजुलीघरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छिन् । ‘एसिड खन्याएर मारिदिन्छु’ भनेपछि आफू डरत्रासका कारण प्रतिवाद गर्न नसकेको उनले जाहेरीमा लेखेकी छिन् ।
अहिले सो जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुर हुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आईपुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले उक्त जाहेरी भदौ ३० गते प्राप्त भएको जानकारी दिदै घट्नाबारे सुक्ष्म अनुसंधान थालिएको बताए ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र आत्महत्या दूरुत्साहन कसुरमा राजविराज कारागारमा बन्दी जिवन बिताई रहेकी थिईन् । घट्ना भएको भनिएका बेला उनी नाईकेको जिम्मेवारीमा थिईन् ।
यता बलात्कारको आरोप लागेका चन्दनले ति महिलाले लगाएको आरोप बिलकुलै असत्य रहेको दावी गरेका छन् । जेलर प्रविण कुमार अधिकारीले आफू दुई महिना अघि सरुवा भई यहाँ आएको र सो घट्नाबारे आफ्नो स्तरबाट पनि बुझ्ने काम गरिरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ