News Category 2081/06/11
महिला कैदीद्वारा कारागारका कर्मचारी माथि बलात्कारको आरोप

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
कारागार कार्यालय सप्तरीमा बन्दी जिवन विताएको बेला कारागारकै कर्मचारीबाट बलत्कृत भएको भन्दै एक महिला कैदीबन्दीले प्रहरीमा जाहेरी दिएकी छिन् ।
पीडित भनिएकी महिलाले राजविराज कारागारका कार्यालय सहयोगी चन्दन भनिने चन्द्रनरायण यादवले ८ महिना अघि कारागारको प्रशासनिक कक्ष भित्रै लगेर बलात्कार गरेको भन्दै उनी विरुद्ध जाहेरी दिएकी हुन् । जाहेरी परेपछि अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान सुुरु गरेको छ ।
ती महिला कैदीबन्दी राजविराज कारागारबाट जेल सरुवा भई उदयपुर जिल्ला कारागारमा बाँकी जेल सजाय भुक्तान गरिरहेकी छिन् ।
घटना विवरण अनुसार २०८१ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा राजविराज कारागारमा कैद सजाय भुक्तान गरिरहेका बखत २०८० माघ ५ गते दिउँसो ४ बजेतिर कार्यालय सहयोगी चन्दनले ‘जरुरी काम छ’ भन्दै कार्यालय कोठाको विजुलीघरमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छिन् । ‘एसिड खन्याएर मारिदिन्छु’ भनेपछि आफू डरत्रासका कारण प्रतिवाद गर्न नसकेको उनले जाहेरीमा लेखेकी छिन् ।
अहिले सो जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुर हुँदै जिल्ला प्रहरी कार्यालय सप्तरी आईपुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले उक्त जाहेरी भदौ ३० गते प्राप्त भएको जानकारी दिदै घट्नाबारे सुक्ष्म अनुसंधान थालिएको बताए ।
पीडित भनिएकी महिला २०७६ साउन १६ देखि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र आत्महत्या दूरुत्साहन कसुरमा राजविराज कारागारमा बन्दी जिवन बिताई रहेकी थिईन् । घट्ना भएको भनिएका बेला उनी नाईकेको जिम्मेवारीमा थिईन् ।
यता बलात्कारको आरोप लागेका चन्दनले ति महिलाले लगाएको आरोप बिलकुलै असत्य रहेको दावी गरेका छन् । जेलर प्रविण कुमार अधिकारीले आफू दुई महिना अघि सरुवा भई यहाँ आएको र सो घट्नाबारे आफ्नो स्तरबाट पनि बुझ्ने काम गरिरहेको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ