News Category 2081/06/11
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक
नवीनकुमार गुप्ता
राजविराज, ११ असोज ।
जिउँदो मानव लागि संसार भरिमा कुनै पनि ठाउँको जग्गा प्राप्त गर्न सम्भव रहेपनि मृत्युपछि त्यही मानवलाई अन्तिम संस्कार गर्न थोरै जग्गा उपलब्ध नहुनु कति पीडादायी होला ? यस बारेमा मानविय सम्वेदना भएको जोसुकैले गम्भिर भएर सोच्दा पक्कै पनि पीडाको अनुभूति हुन्छ नै । यस्तै पीडादायी घट्ना भएको छ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ।
बिहीबार राजविराज २ निवासी १ सय १२ वर्षिया जिल्लाकै सम्भवतः ज्येष्ठ नागरिक मानिएकी महमाया देवी झाको निधन भएपछि अन्त्येष्टिका लागि हनुमाननगर कंकालिनी नगरपालिका १२ कोशी किनारस्थित कोशी घाट लगिएको थियो । तर, त्यहाँ अन्तिम संस्कार गर्न दिईएन् । वडाध्यक्षको आदेश भन्दै स्थानीय व्यक्तिहरुले शवको अन्तिम संस्कार गर्न रोक लगाए ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मानवका लागि जन्मदेखि मृत्यू उपरान्त पनि आफ्नो संस्कृती परम्परा अनुसार अन्तिम संस्कार र किरियाकर्म गर्न सम्मको अधिकार सुरक्षित गरेपछि हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष श्रीचन्द्र मुखियाले त्यसको ठाढो उल्ल्ंघन गरेको पाईएको छ ।
वडाध्यक्ष मुखियाले कोशी किनारमा अवस्थित शवदहन स्थलमै सूचना अंकित साइनबोर्ड नै लगाएर हनुमाननगर कंकालिनी नगरपालिका बाहेक अन्यत्रबाट ल्याइएका शवहरु जलाउन रोक लगाएका छन् । “यस नगरपालिका क्षेत्र बाहिरका कुनै पनि लाश जलाउन सख्त मनाही छ । सूचनाको उल्लंघन गरी लाश जलाएको पाईए कडा कारवाही हुने व्यहोरा सूचित गरिन्छ” वडाध्यक्ष मुखियाले २०८१ साउन २२ गतेको मिति उल्लेख गरि झुण्डयाएको साईनबोर्डमा लेखिएको छ ।
उक्त शवदहन स्थल संघीय र मधेश प्रदेश सरकारको लगानीमा निर्माण भएको हो ।
बिहीबार अविरल वर्षा भइरहेको बेला महमायाको शव लिएर सो स्थानमा पुगेको तर, शवको दाह संस्कार गर्न नदिएपछि यस्तो मौसममा कता भौतारिने भन्दै मलामीहरुले यतै अन्त्येष्टी गर्न दिन पटक–पटक हारगुहार गरेपनी शव जलाउन नदिएको मलामीमा सहभागि राजविराज नगरपालिका वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष समिर झाले बताए ।
प्रतिकूल मौसममा अनुनय बिनय गर्दा पनि शवदहन गर्न नदिएपछि वर्षामा भिज्दै १० किलोमिटर टाढा सप्तकोशी ब्यारेज किनारमा आमाको शव पु¥याएर अन्तिम संस्कार गरिएको मृतकका छोरा भोला झाले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको कोशी घाटमा अन्त्येष्टीका लागि ल्याइएको शवलाई जलाउनै नदिई फिर्ता पठाउनु अमानविय कार्य भएको मलामीमा सहभागि राजविराज ५ का मनोज झाले प्रतिक्रिया दिएका छन् ।
राजविराज वडा नं. ७ का वडा सदस्य रामानन्द देवले भने, “मानविय सम्वेदनशीलता नबुझेका केही जनप्रतिनिधीका कारण अन्य जनप्रतिनिधिको पनि लाजले शिर निहुराउने काम भएको छ ।”
जग्गा नापजाँच ऐन २०१९ र मालपोत ऐन २०३४ अनुसार सडक, बाटो, रेल्वे, सरकारी भवन वा कार्यालय रहेको जग्गा, नेपाल सरकारको अधिनमा रहने वन, बुट्यान, जंगल, नदीनाला, नदी उकास, ताल, पोखरी, सोको डिल, नहर, कूलो, ऐलानी, पर्ती, भिरपहरा, डगर–बगर, कुवाँ, पानी–पँधेरो, गौचर, मठमन्दिर, धार्मिक उपासना गर्ने स्थल, मसानघाट र चिहान लगायतका स्थलहरुलाई सार्वजनिक स्थल भनेर तोकेका छन् ।
विश्व हिन्दु परिषद् नेपाल मधेश प्रदेश सचिव जंगबहादुर सिंहले भने, “सनातन हिन्दु धर्मावलम्बीहरुको शव जलाउन कुनै पनि शवदहन स्थलमा रोक लगाउनु कानुन र हिन्दु संस्कार विपरीत रहेको छ, यदी यस्तो गरेको पाइएमा त्यस्ता संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाही हुनुपर्छ ।”
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले आफ्नै पालिकाको १२ नं. वडामा अन्यत्रबाट शव जलाउन आएकाहरुलाई बञ्चित गराइएको घटनाप्रति दुःख व्यक्त गर्दै भने, “कुनै पनि शवदहन स्थल पालिकाको हुँदैन्, त्यो सम्पूर्ण मानवजातीको हुन्छ ।” उनले भने, “यस्ता घटनाले सिंगो पालिकालाई नै बदनाम गर्ने कार्य भएको छ, म यसप्रति निकै गम्भिर छु, वडा अध्यक्ष र स्थानीयसँग चाडै नै यस विषयमा कुरा गर्नेछु ।”
यता वडा अध्यक्ष मुखियाले बाहिरबाट अन्त्येष्टीका लागि शव लिएर आउनेहरुमध्ये कतिपयले शव जलाइसकेपछी घाट स्थललाई सफा नगर्ने र फोहर अवस्थामै छाडेर जाने गरेको बताउँदै बस्तीवासीले दुर्गन्ध फैलिएर स्वास्थ्यमाथी समस्या आउन थालेको भन्दै सूचना टाँस गरेर अन्य पालिकाबाट आउने शव अन्त्येष्टीमा रोक लगाएको स्विकार गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ