News Category 2081/06/13
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
कोशी नदीमा पानीको बहाव घट्न थालेपछी कोशी ब्यारेज पुलमा रोकिएको आवागमन आइतबार साँझदेखी सुचारु गरिएको छ ।
आइतबार साँझ ५ः३० बजेदेखि आवागमन सूचारु गरिएको हो । शनिवार कोशी ब्यारेजमा पानीको वहाब ६ लाख ६१ हजार २ सय क्युसेक प्रतिसेकेण्ड पुग्नुका साथै पृुलमाथीबाट पानी बग्न थालेपछी सम्भावित जोखिमलाई ध्यानमा राखी दिउँसो ४ बजे देखि स्थानीय प्रशासनले सवारी साधन आवागमनमा रोक लगाएको थियो ।
तर, आईतवार विहानैदेखि मौसममा सुधार भई साँझ ५ बजे बहाब घट्दै ३ लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड झरेपछी आवागमन सुचारु गर्ने स्थानीय प्रशासनको निर्णय भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
यता शनिबार साँझ कोशी ब्यारेज भएर पानीको बहाव उच्च भई पुलमाथीबाट समेत पानी बग्न थालेको थियो । जसकारण बाढीले बगाएर पुलमाथी ठूलो परिमाणमा फोहर जम्मा भएको थियो । यसरी पुलमाथी थुप्रिएको फोहरमा काठ, दाउरा, झारपातका साथै चिसो पेय पदार्थ र पानीका खाली बोतल रहेका थिए । उक्त फोहर भारतीय कामदार, कोशी कन्ट्रोल रुपका कर्मचारी, स्थानीयवासी र जेसिबीको मदतले ४ घण्टाको प्रयास पछी पुलबाट सफा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ