News Category 2081/06/13
कोशी ब्यारेज पुलबाट ठूलो परिमाणमा फोहर सफा गरेर आवागमन सूचारु
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
कोशी नदीमा पानीको बहाव घट्न थालेपछी कोशी ब्यारेज पुलमा रोकिएको आवागमन आइतबार साँझदेखी सुचारु गरिएको छ ।
आइतबार साँझ ५ः३० बजेदेखि आवागमन सूचारु गरिएको हो । शनिवार कोशी ब्यारेजमा पानीको वहाब ६ लाख ६१ हजार २ सय क्युसेक प्रतिसेकेण्ड पुग्नुका साथै पृुलमाथीबाट पानी बग्न थालेपछी सम्भावित जोखिमलाई ध्यानमा राखी दिउँसो ४ बजे देखि स्थानीय प्रशासनले सवारी साधन आवागमनमा रोक लगाएको थियो ।
तर, आईतवार विहानैदेखि मौसममा सुधार भई साँझ ५ बजे बहाब घट्दै ३ लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड झरेपछी आवागमन सुचारु गर्ने स्थानीय प्रशासनको निर्णय भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
यता शनिबार साँझ कोशी ब्यारेज भएर पानीको बहाव उच्च भई पुलमाथीबाट समेत पानी बग्न थालेको थियो । जसकारण बाढीले बगाएर पुलमाथी ठूलो परिमाणमा फोहर जम्मा भएको थियो । यसरी पुलमाथी थुप्रिएको फोहरमा काठ, दाउरा, झारपातका साथै चिसो पेय पदार्थ र पानीका खाली बोतल रहेका थिए । उक्त फोहर भारतीय कामदार, कोशी कन्ट्रोल रुपका कर्मचारी, स्थानीयवासी र जेसिबीको मदतले ४ घण्टाको प्रयास पछी पुलबाट सफा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ