News Category 2081/06/17
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले सप्तरी जिल्लाको विभिन्न स्थानलाई पर्यटकीय स्थलको रुपमा तथा पर्यटकीय करिडोरमा राख्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मन्त्री लेखीले मधेश प्रदेशमा पर्ने एक मात्र बन्यजन्तु आरक्षमा गत बर्ष नेपाल सरकारले पर्यटन सँगै जैबिक बिबिधता संरक्षणमा सहयोग पुग्ने उद्देश्यले दुई वटा संकटापन्न एक सिङ्गे गैडा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरि ल्याएको र मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगले समेत पञ्च बर्षिय कार्य योजना तयार भई स्वीकृत हुने क्रममा रहेको हुदा कोसि टप्पु आरक्षको सप्तकोसी नगरपालिका फत्तेपुर, सिद्दिपुर, सखबोनी, बनगामा, बोचही, ओद्राहा, कमलपुर, जमुवा, पिप्रा, पथरी, बरमझिया, भारदह, हनुमाननगर लगायत करिब २५ किलोमीटर क्षेत्रको रुपमा बिकाश गर्न भन्दै आयोगका उपाध्यक्ष डा. साहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यस्तै सोही पत्रमार्फत उक्त पर्यटकिय करिडोरमा नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक नहर चन्द्र नहर, कोशी ब्यारेज, बराह क्षेत्र मन्दिर, चतराधाम, कोशी चतरा पुल, मयुर निखाता, कोशी मेला, प्रसिद्द गोरराजा मन्दिर, भजनेश्वर, ऐतिहासिक बिरासत बोकेको कंकालिनी तथा छिन्नमस्ता मन्दिर लगायत अग्नीसाइर, कृष्णासवरन देवस्थल एवम कजलादह, लोहजरा दह र कमल दहलाई समेत पर्यटकिय करिडोरमा राख्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ