News Category 2081/06/18
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका २ गोबद्र्धन बैरागी उच्च माविमा शुक्रबार प्रस्तावित पर्यटकिय क्षेत्रको बिषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारको पञ्च वर्षिय योजनामा जिल्लाको विभिन्न स्थानहरुलाई सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्नुका साथै ती स्थानहरुको अवलोकन पश्चात् अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सम्पन्न अन्तरक्रियामा वक्ताहरुले जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले सप्तकोशीदेखी हनुमाननगरसम्म २५ किलोमिटरको क्षेत्रलाई पर्यटकीय स्थल तथा पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सकिए जिल्लामा थोरै भएपनि रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने विश्वास व्यक्त गरेका छन् ।
गृहमन्त्री लेखीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा मधेस योजना तथा नीति आयोगका उपाध्यक्ष डा. सोहन साह, नेकपा एमाले सप्तरीका ईन्चार्ज एवं पोलिट्व्युरो सदस्य सुमनराज प्याकुरेल, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल लगायत स्थानीय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
यसअघि बिहीबार मन्त्री लेखीको नेतृत्वमा उच्च स्तरीय टोलिले प्रस्तावित पर्यटकिय करिडोरको अध्यन अवलोकन समेत गरेको थियो ।

टोलीले जिल्लाको कोशी ब्यारेजदेखि सप्तकोसी नगरपालिकामा अवस्थित ऐतिहासिक चन्द्र नहरसम्मको करीब २५ किलोमिटरमा पर्ने कोशी टप्पु बन्यजन्तु आरक्ष संग जोडिएका क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्ने उद्देश्यका साथ स्थलगत अध्यन अवलोकन गरेको हो ।
मन्त्री लेखीले असोज १४ गते प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहलाई आयोगको पञ्च बर्षिय योजना तयार भई स्वीकृत हुने चरणमा रहेको हुदा जिल्लाको कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्र सँग जोडिएका पर्यटकिय सम्भावना बोकेका सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुर, सखुबनीहुँदै हनुमाननगर कंकालिनी सम्मको करीब २५ किलोमिटरको क्षेत्रलाई पर्यटकिय करिडोरको रुपमा बिकास गरिनु पर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ