News Category 2081/06/20
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
_bbb.jpg)
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
गर्भवती तथा सुत्केरी महिलाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
युएनएफपीएको सहयोगमा ६ हजार अमेरिकी डलर (८ लाख ५० हजार नेपाली रुपैया) मुल्य बराबरको उक्त स्वास्थ्य सामाग्रि आइतबार एक कार्यक्रमबीच नेपाल रेडक्रस सोसाईटी केन्द्र र जिल्ला शाखाको समन्वयमा उपलब्ध गराइएको हो ।
अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रमबीच उक्त सामग्री सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादवले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिलिप कुमार साहलाई हस्तान्तरण गरेका हुन् ।
उपलब्ध गराइएका प्रजनन् स्वास्थ्य सामग्रीमा ४३ कार्टुन आइ एच किट, शल्यक्रियामा प्रयोग गरिने उपकरण तथा औषधी लगायतका उपचार सामग्री रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यक्रम संयोजक नगेन्द्र अर्यालले जानकारी दिए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितीका प्रभा न्यौपाने, करुणा विष्ट, रेडक्रस सप्तरी शाखाका अध्यक्ष जोगेन्द्र भगत, रेडक्रस राजविराज उपशाखाका अध्यक्ष बैद्यनाथ झाका साथै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ