News Category 2081/06/20
छिन्नमस्ता मन्दिरमा आवश्यक तयारी पुरा
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
मुलुकको प्रसिद्ध शक्तीपीठ मध्ये एक सप्तरीको छिन्नमस्ता मन्दिरमा दशैंको आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकामा अवस्थित तथा नेपाल र भारतका हिन्दु धर्मावलम्बी माझ ख्याती प्राप्त यस मन्दिरमा विषेश गरी दशैका वेला लाखौ श्रद्धालु आउने गरेका छन ।
यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमान सहित आवश्यक तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । गत वर्ष झण्डै २५ लाखको हाराहारीमा श्रद्धालु पुजाआजा तथा दर्शनका लागी छिन्नमस्ता भगवनी मन्दीर आएको अध्यक्ष चौधरीको भनाई छ ।
लाखौको संख्यामा आउने भक्तजनका लागी खानेपानी, शौचालय, रात विताउनका लागी उपयुक्त वासस्थल, स्वास्थ्य शिवीर, २४ सै घण्टा विद्युत सेवा, भीड व्यवस्थापन, पार्किङ्ग, मन्दिर आसपासका पसलको नियमित अनुगमन, सहज दर्शन र पुजापाठ तथा सुरक्षा लगायतको तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
यस कार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल र सशस्त्र प्रहरी, विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस, खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालय लगायत विभिन्न कार्यालय र संघ संस्थाको समेत साथ र सहयोग रहेको उनले बताए ।
अन्य दिन पनि यहाँ ठुलो संख्यामा भक्तजनहरु आउने गरेपनि दशैका वेला पृmुलपाती देखी टिका सम्म दैनिक लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ