News Category 2081/06/21
एकै दिनमा विवाद समाधान, सडकको शिलान्यास र निर्माण कार्य पनि सुरु
दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
बाटोमा जग्गा दिने विषयलाई लिएर हुने गरेको विवाद वर्षौ दिनसम्म चल्ने गरेको उदाहरण प्रसस्तै देख्न र सुन्न पाइन्छ । विवाद समाधान भएपनि त्यस कार्यलाई कार्यान्वयन गर्न अझै केही समय लाग्छ । तर, सप्तरीमा भने एउटा नौलो उदाहरण बनेको छ ।
जिल्लाको राजगढ गाउँपालिका वडा नं. ४ बेल्ही चपेनास्थित लवटोलियाका वासिन्दाहरु पनि सडकका लागि जग्गा छाड्ने विषयमा वर्षौदेखी विवाद गर्दै आइरहेका थिए । जसकारण लामो समयदेखी सवारी आवागमन र पैदल आउजाउमा समेत समस्या झेलिरहेका थिए ।
सोमबार गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, वडाअध्यक्ष अशोक साह, समाजसेवाी तथा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल र स्थानीय भरभलादमीको पहलमा विवादित स्थानको विवाद समाधान गर्दै सोही दिन शिलान्यासदेखी सडक निर्माणको कार्य समेत सुरु गरिएको छ ।
उक्त टोलमा ४५ घरधुरी परिवारको बसोवास छ । टोलवासीले लामो समयदेखी आउजाउमा समस्या भएको भन्दै सडक निर्माणको माग गर्दै आएका थिए । तर दुई पक्षले आ–आफ्नो नम्बरी जग्गा भएको दाबीका साथ उक्त जग्गाको ५० मिटरजतिको भागमा टाटी लगाएर घेरवार नै गरेपछी सडक बनाउन समस्या भएको थियो ।
गउँपालिका अध्यक्ष मण्डलसहितको टोलीले दुबै पक्षलाई राखी सार्वजनिक महत्वको काममा अवरोध नगरि सहयोग गर्न आग्रह गरेपछि विवाद गर्दै आएका दुबै पक्षले सहमति जनाउँदै उक्त जग्गाबाट घेरबार गरिएका टाटीहरु हटाएका छन् ।
सहमति भए लगत्तै गाउँपालिका अध्यक्ष मण्डलले उक्त स्थानमा चार मिटर चौडाई र पाँच सय मिटर लम्बाईको सडक निर्माणको शिलान्यास समेत गरेका छन् । शिलान्याससँगै सडकको निर्माण कार्य पनि सोमबारदेखी नै सुरु भएको छ ।
सडक निर्माण भएपछी उक्त टोलका मात्र नभई आसपासका टोलका वासिन्दा समेत लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ