News Category 2081/06/22
प्रहरीद्वारा विद्यार्थीलाई लागु औषध बिरुद्ध प्रशिक्षण
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषध बिरुद्ध प्रशिक्षण दिएको छ ।
लागु औषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपायबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
मंगलबार राजविराजस्थित ह्यापील्याण्ड बोर्डिङ स्कुलमा कक्षा संचालन गरि विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुलाई सहभागि गराई गरिएको प्रशिक्षण कार्यक्रममा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लागु औषधको परिचय, प्रकार, लक्षण, यसबाट बच्ने उापय र लागु औषधी सम्बन्धी कानुनी व्यवस्था बारे प्रशिक्षण दिएका थिए ।
सो अवसरमा उनले पछिल्लो समय यूवाहरुमा बढ्दो लागु औषध सेवनले आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरुलाई सचेत गराउने र यस्ता कुलतबाट जोगाउन विद्यालयहरुमा प्रशिक्षण कार्यक्रम थालिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रताीले विद्यार्थीहरु मार्फत यो कार्यक्रमलाई समाजमा लैजादा घरपरिवार र समाजमा सन्देश लैजान सहज हुने भन्दै सहभागि विद्यार्थीहरुलाई लागु औषध प्रयोग नगर्न र यसबाट हुने हानी नोक्सानी बारे अरुलाई पनि सम्झाउन अनुरोध गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ