News Category 2081/06/22
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
पछिल्लो साता परेको अविरल वर्षाका कारण आएको बाढी प्रभावित क्षेत्रहरुमा युनिसेफ नेपालको सहयोगमा सबल नेपालद्धारा संचालित बाढी पुर्वानुमान तथा बाढी प्रतिकार्य कार्यक्रम अन्र्तगत बाढी प्रभावित समुदायका लागि विभिन्न प्रकारको सहयोगहरु गरिएको छ ।
सप्तरीको सप्तकोशि नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका तथा तिलाठि कोईलाडि गाँउपालिकामा परियोजना अन्र्तगत चार वटा क्षेत्रहरु बाल संरक्षण, बानि व्यवहार परिवर्तन, सामाजिक सुरक्षा तथा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) अन्र्तगत विभिन्न कार्यक्रमहरु तथा सहयोग गरिएको सबल नेपालका विपद फोकल पर्सन परमेश्वर झाले जानकारी दिएका छन् । वास अन्र्तगत चार वटै पालिकाको १ हजार ८ सय प्रभावित घर परिवारलाई हाईजिन किट, १० लिटरको बाल्टिन, मग, पानी शुद्धिकरण गर्नका लागि अक्वाटयाव तथा झुल वितरण गरिएको छ । योसँगै बाढी प्रभावित क्षेत्रहरुमा स्वयंसेवकहरु परिचालन गरी स्वच्छता पर्वद्धन गरिएको छ जस अन्र्तगत स्वयंसेवकहरुले विपदको समयमा पानी शुद्धिकरण गर्ने तरिका, साबुन पानिले हातधुने, चर्पीको प्रयोग, व्यक्तिगत सरसफाइलगायतका विषयमा अन्र्तक्रिया, घरदैलौ लगायतका जनचेतनामुलक क्रियाकलापहरु समेत संचालन गरिएको छ ।
बाल संरक्षण अन्र्तगत चार वटै पालिकाको प्रभावित क्षेत्रहरुमा मनोपरामश कार्यक्रम संचालन भइरहेको छ । यसका लागि स्थानीय स्तरमा मनोसामाजिक कार्यकर्ता तथा मनोसामाजिक परामर्शदातालाई परिचालन गरी बालबालिका तथा महिलाहरुलाई आवश्यक मनोसामाजिक सहयोग पु¥याईरहेको सबल नेपालले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा विपदका कारण बालबालिकामा डर उत्पन्न हुन नदिन उनीहरुलाई आप्mना भावनाहरु व्यक्त गर्न र सामना गर्न मद्दत पुर्याउनु तथा उनीहरुलाई पुन सामान्य जीवन शैलीमा फर्कन मद्दत गर्नु यसको मुख्य उद्देश्य रहेको सबल नेपालका निर्देशक दिपक झाले बताए ।
सामाजिक व्यवहार परिवर्तन अन्र्तगत चार वटै प्रभावित पालिकाहरुमा विभिन्न माध्यमबाट जीवन रक्षाका सन्देशहरु प्रवाह गरिनुका साथै स्थानीय एफएमहरुबाट नेपाली तथा मैथिली भाषामा शौचालयको प्रयोग, साबुन पानीले हातधुने, सुरक्षित पानीको प्रयोग, संक्रामक रोगहरुबाट बच्ने, विपदको समयमा बाल संरक्षण तथा सर्प, किरा आदि विषालु जिवजन्तुबाट बच्ने उपायबारे नियमित प्रसारण भईरहेको उनको भनाई छ ।
यस्तै स्थानीय स्तरमा रिक्सामार्फत जिवन रक्षाको सन्देशहरु विभिन्न सामुदायहरुमा प्रवाह, स्वयंसेवकहरुको परिचालन गरी घरदैलौ लगायतका क्रियाकलापहरु संचालन, विपदको समयमा थप जोखिम हुन नदिनु तथा स्थानीयहरुलाई सचेत गराई उनीहरुको बानी व्यवहारमा परिवर्तन गराउनु यसको मुख्य उद्देश्य रहेको छ ।
सामाजिक सुरक्षा अन्र्तगत कंचनरुप नगरपालिका तथा तिलाठि कोईलाडि गाँउपालिकाका प्रभावितहरु मध्ये अतिविपन्न, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लगायतकालाई पालिकामार्फत नगद सहयोग गर्ने मुख्य उद्देश्य रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ