News Category 2081/06/22
भगवती मन्दिरलाई दान पेटिका र डस्टबिन प्रदान
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
राजविराजस्थित श्री चण्डी दुर्गा भगवती मन्दिर समितिलाई एक सहकारी संस्थाले दान पेटिका तथा फोहर व्यवस्थापनका लागि डस्टबिन प्रदान गरेको छ ।
नेपाल सहकारी संस्था लिमिटेडले मंगलबार मन्दिर प्राङणमै एक कार्यक्रमबीच उक्त सामाग्रि मन्दिर समितिलाई प्रदान गरेको हो ।
मन्दिर समितिलाई उपलब्ध गराइएको सामाग्रिहरुमा दुई थान स्टिलको दान पेटिका र दुई थान डस्टबिन छन् ।
नेपाल सहकारीका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले उक्त सामाग्रि मन्दिर समितिका संयोजक रामानन्द देव र वडा अध्यक्ष शुभाषचन्द्र यादवलाई हस्तान्तरण गरेका थिए ।
चाडपर्वको बेला श्रद्धालु भक्तजनबाट प्राप्त हुने दान दक्षिणा तथा मन्दिर परिसरमा हुने फोहर व्यवस्थापनका लागि संस्थाले सामाजिक उत्तरदायि अन्तरगत संस्थाबाट सानो सहयोग गरिएको अध्यक्ष गुप्ताले बताए ।
सो अवसरमा संस्थाका व्यवस्थापक शंकर प्रसाद साह, संस्थाका कर्मचारी, मन्दिर पुजा समितिका पदाधिकारी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ